ट्रेंडिंग:

>> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो

ढाकावाङ्ग–रूपन्देही समाजको शुभकामना आदानप्रदान

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

बुटवल, १७ चैत ।
अर्घाखाँची ढाकावाङ्ग–रूपन्देही सम्पर्क समाजले नयाँ वर्ष २०८२ सालको भित्ते पात्रो (क्यालेन्डर) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमको भूमिकास्थान–रूपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलबासेले शुभारम्भ गरेका हुन । शुुभारम्भ गर्दै अध्यक्ष बेलबासेले स्थापना भएको छोटो समयमै थुप्रै रचनात्मक काम गर्न सफल भएको भन्दै समाजको प्रशंसा गर्दै सम्पर्क समाज भनेको के हो भन्ने उदाहरण ढाकावाङ्ग–रूपन्देही सम्पर्क समाज रहेको बताए । बेलबासेले सम्पर्क समाज ढाकावाङ्गबाट रूपन्देहीमा आएकाहरू बीच आपसी पीर, मर्का, सुःख र दुःख साट्ने चौतारीका रूपमा स्थापित भएको समेत बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार प्रेम प्रसाद पौडेल, नयाँगाउँ खानेपानी सरसफाइ तथा उपभोक्ता समिति बुटवल १२, १३ का सहसचिव ढुण्डिराज खनाल लगायतले बोल्दै समाजलाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समाजका अध्यक्ष कृष्णप्रसाद खनालले भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गबाट विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको सिलसिलामा रूपन्देही आएर बसेकाहरूलाई गोलबद्ध गर्दै २०८० जेठ १३ गते गठन भएको समाजले क्यालेन्डर प्रकाशनसँगै, रक्तदान, तीजमा तीज मिलन, तिहारमा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने मौलिक देउसी/भैलो, विभिन्न समयमा विपत्तिमा परेकाहरूलाई आर्थिक सहयोग लगायत बिभिन्न रचनात्मक कामहरू गर्दै आएको बताए । यस्तै समाजले विपद जोखिम कोष स्थापना गरेको र उक्त कोषमा संस्थाका अग्रज तथा नयाँगाउँ खानेपानी संस्थाका सहसचिव दुण्डीराज खनालले १० हजार रूपैयाँ जम्मा गरेको कार्यवाहक सचिव टेकराज भुसालले जानकारी दिए ।

अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता, कार्यबाहक सचिव टेकराज भुसालको संचालन तथा उपाध्यक्ष युवराज खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा गत फागुन २४ गते सम्पन्न नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा संस्थाका अग्रज सदस्यहरू ढुण्डिराज खनाल सहसचिव तथा घनश्याम पौडेल, अन्जना खनाल (पौडेल) र मिना खनाल (आचार्य) सदस्यमा निर्वाचित भएकोमा समाजले सम्मान–पत्रले सम्मान गर्दै सफल तथा रचनात्मक कार्यकालको समेत शुभकामना दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?