Butwal Today

कुलमानको रिट ‘हेर्न नमिल्ने’

१७ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङको रिट निवेदन ‘हेर्न नमिल्ने’ भएको छ।

आज रिट सुनुवाइका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिएको थियो।

तर सो इजलासले उनको रिट हेर्न नमिल्ने भन्दै पन्छाएको हो।

अदालतका अनुसार विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएकाले रिट हेर्न नमिल्नेमा परेको हो।

विद्युत् प्राधिकरणका नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट पनि सोही इजलासमा परेको छ।

शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज अदालत बोलाएको थियो।

सर्वोच्चले दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ पनि मागेको छ।

पदावधि हुँदै बर्खास्त गरेपछि कुलमान सर्वोच्च पुगेका हुन्।

यस्तै नवनियुक्त कार्यकारी निर्देशक शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गरिनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?