ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

काठमाडौँ ।

नेपाल प्रहरीले शुक्रबार राजावादीहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ गरिएका १०५ जना प्रदर्शनकारीहरूको ‘स्क्रिनिङ’ सुरु गरेको छ । प्रदर्शनमा क्रममा भएको आगजनी, तोडफोड, लुटपाटलगायतमा उनीहरूको संलग्नता यकिन गर्ने काम प्रहरीले गरिरहेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले तीनकुने क्षेत्रमा गरेको आन्दोलनका क्रममा एकजना पत्रकारसहित दुई जना मारिएका छन् । त्यस्तै, नेपाल प्रहरीतर्फ ५३ जना र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कूल ७५ जना घाइते भएका छन् ।

प्रदर्शनकारीले तीनकुनेको अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउस, प्रहरी प्रभाग कोटेश्वर, एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गर्नुका साथै कोटेश्वरस्थित भाटभटेनीमा लुटपाटसमेत गरेका थिए । उनीहरूले १४ स्थानमा आगजनी, ९ वटा संस्था र कार्यालयमा तोडफोड र १ स्थानमा लुटपाट मच्चाएका थिए ।  उनीहरूले ९ वटा सरकारी सवारी साधन र ६ वटा निजी सवारी साधनमासमेत क्षति पुर्‍याएका थिए ।

परिसरका एसएसपी विश्व अधिकारीका अनुसार प्रहरीले यतिबेला घटनाको भिडियो, सिसिटिभी फुटेजलगायत प्रमाणहरूको आधारमा पक्राउ परेकाहरूको संलग्नता यकिन गरिरहेको छ । पक्राउ परेकाहरूसँग सोधपुछ पनि भइरहेको उनले बताए ।

घटनालाई हिंसात्मक बनाउन उक्साएको आरोप प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु, सन्तोष तामाङ र आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई पक्राउ गरिसकेको छ । आन्दोलनको कमाण्डरको जिम्मेवारी पाएका दुर्गा प्रसाईं भने फरार रहेका छन् ।

पक्राउ परिएकाहरुलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने एसएसपी अधिकारीको भनाई छ । उनीहरूलाई के–कस्ता मुद्दा चलाउने भन्ने विषयमा सरकारी वकिलसँग छलफल भइरहेको पनि उनले जानकारी दिए । ‘आगजनी, सार्वजनिक शान्ति खलल पुर्‍याएको, लुटपाटलगायत विभिन्न विषयहरू आकर्षित हुनसक्छन्,’ रातोपाटीसँग कुराकानी गर्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?