ट्रेंडिंग:

>> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा चुनावी चहलपहल

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

सुर्खेत, १६ चैत ।
मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा यही चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन हुँदैछ । ६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि ९ वटा विद्यार्थी सङ्घ/संगठन दर्ता भएका छन् । निर्वाचन समितिका संयोजक दीपेन्द्रबहादुर थापाका अनुसार नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट (नेविसंघ), नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा, मसाल, धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत, नेक्रविक्रम चन्द ‘विप्लव’ को नेकपा लगायतका दल निकट विद्यार्थी संगठन दर्ता भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा लामो समयपछि चुनाव हुन लागेकाले दलहरूले पनि प्रतिष्ठाको विषय बनाएका छन् । ठूला दलका नेताहरु आफु निकट विद्यार्थी संगठनलाई जिताउन विद्यार्थी भेटघाटमा व्यस्त छन् । ४ हजार ३ सय ८३ मतदाता रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति बन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ ।

०७९ चैत ३ गते स्ववियु निर्वाचन हुने मिति तय भयो तर मतदानको पाँच दिनअघि उच्च अदालत, सुर्खेतमा रिट परेपछि निर्वाचन स्थगित भयो । रिटमा उच्च अदालतले सुनुवाइ गर्दै निर्वाचन स्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यो बेला व्यवस्थापन सङ्कायका विद्यार्थीहरूले आफूहरू पनि निर्वाचनमा सहभागी हुन पाउनुपर्ने मागसहित रिट दायर गरेका थिए । विश्वविद्यालयका आङ्गिक क्याम्पसमा चुनाव भइसक्दा केन्द्रीय क्याम्पसमा भने मुद्दा-मामिलाका कारण रोकिएको हो । गत भदौमा चुनाव गर्ने भनेर विद्यार्थी संगठनहरू दर्ता भइसकेका थिए । तर अन्तिम अवस्थामा आएर चुनाव स्थगित भयो ।

विज्ञान तथा प्रविधि सङ्कायका विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले निर्वाचन स्थगित गर्न आदेश ग¥यो । त्यसपछि अदालतले नै चैत २० गतेभित्र चुनाव गरिसक्न भनेपछि अहिले विश्वविद्यालयमा चुनावको चहलपहल बढेको छ । मध्यपश्चिम विश्वविद्यालयमा ०७३ साल भदौमा नेविसंघका झक्कबहादुर शाही स्ववियु सभापति निर्वाचित भएका थिए । स्ववियु कार्यसमितिको पदावधि साढे २ वर्षको हुने व्यवस्था छ तर तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले स्ववियु कार्यसमितिको कार्यकाल पूरा नहुँदै विघटन गरिदिएका थिए । कार्यसमिति विघटन भएयता निर्वाचन हुन सकेको थिएन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?