ट्रेंडिंग:

>> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

पत्रकारिताको इतिहासमै एउटा दुखद घटना -अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार

बुटवल, १६ चैत । नेपालमा अहिले भइरहेको आन्दोलनको क्रममा काठमाडौँको तीनकुनेमा रिपोर्टिङ गर्दै गरेका एभेन्युज खबर टेलिभिजनका क्यामरा पर्सन/पत्रकार सुरेश रजक आज मारिएको घटना प्रति अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका स्तब्ध भएको छ । एभेन्युज खबर टेलिभिजनका अनुसार पत्रकार सुरेश रजक जुन घरको ३ तला माथिबाट रिपोर्टिङ गर्दै, प्रदर्शनलाई क्यामरामा कैद गर्दै थिए, सुरुमा घरको छतमा रहेका सादा पोशाकका सुरक्षाकर्मीहरूले छतबाटै प्रदर्शनकारीहरू भए तर्फ अश्रुग्याँस र हवाई फायर गरेको, त्यस लगत्तै प्रदर्शनकारीहरूले घरमा आगो लगाएको र आगो लागिसके पछि रजकले गुहार माग्दा सुरक्षाकर्मीहरूबाट गुहार नपाउँदा आगलागीमा परि वहाँ त्यहाँ मारिनु भएको घटना पत्रकारिताको इतिहासमै एउटा दुखद घटना र कालो धब्बाको रूपमा रहने विज्ञप्तीमा लेखिएको छ ।

महासङ्घ स्वर्गीय रजक प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ । घटनाको छानबिन गरी दोषी उपर कानुनी कारबाही र पीडित परिवारजनलाई उचित क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका नेपाल सरकारलाई अनुरोध गर्दछ ।
यसै गरि अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतममाथि पनि प्रदर्शनकारीहरूले गरेको भन्ने समाचार प्राप्त भएको छ । गौतममाथि प्रदर्शनकारीहरूले गरेको कुटपिटको पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका निन्दा गर्दछ । स्वतन्त्र प्रेसलाई सम्मान गर्न, पत्रकारहरूलाई निर्बाध रूपमा रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन सरकार, आन्दोलनकारी लगायत सबै पक्षलाई हामी आग्रह गर्दछौँ। पत्रकार र मिडियाहरूले पनि पत्रकारिताको धर्म र मर्म लाई ख्याल गर्दै आफ्नो काम र कर्तव्यलाई आत्मसाथ गर्न, वायस नहुन र यथार्थ कुरा जन समक्ष पुयाउने कर्तव्यबाट विमुख नहुन सम्बद्ध सबैमा विनम्र अनुरोध पनि गर्दछ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, प्रधान कार्यालय, अमेरिका प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, मानवाधिकार प्रति पनि सचेत हुन सम्बद्ध सबैमा ध्यानाकर्षण गराउन चाहन्छ । आफ्नो अधिकारको लागि लड्दै गर्ने हरुबाट अरूको अधिकारलाई पनि सम्मान होस भन्ने चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?