Butwal Today

सुनचाँदी दुबैको बढ्यो मुल्य

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १५ चैत ।

आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ । जसअनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेर  प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ ।