Butwal Today

राजावादीद्वारा व्यक्तिको घर तोडफोड

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं, १५ चैैत ।

राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ। तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो । स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ । झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन  सकेको छैन्।

प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन् ।