ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

बेमौसमी बाजामा छिचिमिराको नृत्य

१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

हाम्रा पुर्खाहरूले बाजा मौसम अनुसार बजाउनु पर्छ, वेमौसमको बाजा टोल छिमेकमा अलि सुहाउँदैन भन्नु हुन्थ्यो । यस्तै चराहरू पनि मौसम अनुसार बास्ने अर्थात आफ्नो स्वर निकाल्ने गर्छन् । सबै चराको स्वर सबै मौसममा सुन्न पाइदैन । चराहरू पनि मौसम अनुसार बासेनन् भने अनिष्ट हुन्छ पनि भन्नुहुन्थ्यो । सानो उमेर छँदा यस्ता कुरा बुझिएन । अलिक ठूलो भएपछि बाजाप्रति चासो भएन कि ? कहाँ कसरी बजे थाहा भएन । तर, अहिले बजेको सुनेपछि मौसमका विचार गर्ने वानी परेको छ । एउटा चरा हुन्छ वर्षायाममा सुवी सुवी भनेर बास्ने । त्यो चरा हिंउँदमा त्यो बासेको सुनिदैन । तर कुनै चराहरू भने बाह्रै महिना बास्छन तर उनीहरूको कुनै लेखो हुँदैन । मानिसको घरमा पालिने भाले विहानमा बास्यो भने त्यसको चर्चा त्यति हुँदैन । उसले उज्यालो भएको संकेत दिन्छ तर त्यही भाले सन्ध्याकालमा बास्यो भने अनिष्टको संकेत भनिन्छ । अहिले वेमौसमी बाज बज्न लागेको छ अनि भले सन्ध्याकालमा बास्न लागेको छ । केही दिन पहिले वेमौसमी बाजा पनि बज्यो र वेसमयमा भाले पनि बास्यो । कसैले त भाले सन्ध्याकालमा बास्यो जो घोर अनिष्टको संकेत हो भनेका छन् । बाजा बजेको सुनेर र भालेले सन्ध्यामा डाँको छोडेको सुनेर नेपालमा रहेका अग्रगामीहरूले यो अनिष्टको संकेत हो । यसलाई समयमा खवरदारी गर्नुपर्छ भनेर चर्चा परिचर्चा गर्न लागेका छन् । हो, अहिले अस्वाभाविक रूपमा भालेले डाँको छोडेको स्वर सुनेर अरू हुचिलहरू सल्वलाउन लागेका छन् । उनीहरूको सल्वलाहटले थोरै भएपनि नेपालमा तरंग उत्पन्न गरेको छ । यो अनिष्टबाट बच्न र बचाउन तत्काल साउती हुन लागेका छन् । सुनिन्छ बेसमयमा बास्ने भालेलाई ठेगान लगाउनु पर्छ या सल्वलाउन लागेका हुचिलहरूलाई लगाम लगाउनु पर्छ । भालेले विहानको संकेत दिनुको साटो सन्ध्याकालमा डाँको छोडनुको अर्थले राम्रो संकेत नदिएकाले उसको डाँकोमा ठेगान लगाउने र हुचिलको सल्वलाहटमा अनिष्टको गन्ध मिसिएकाले लगामको आवश्यकता परेको भन्ने तर्क आइरहेका छन् ।

कुरा जताबाट घुमाएपनि उही हो नागरिक स्वतन्त्रताको । हिंजो राजा अथवा राजसंस्थाको प्रत्यक्ष शासन भोग्नेहरूलाई थाहा छ यो मुलुकका नागरिक कति स्वतन्त्र थिए भन्ने कुरा । थोरै मात्र बोले वापत कति सास्ती खेप्नु परको थियो ? यो भोग्नेहरूले थाहा पाएका छन् ? पञ्चायतकालमा पञ्चहरूको विरोध गर्नु वा पञ्चायतको विरोध गर्नु भनेको ज्यान खतरामा पार्नु जस्तै हुन्थ्यो । अझ राजतन्त्रको वारेमा बोल्नेकुरा सपनामा पनि थिएन । राजपरिवारका कुनै सदस्यले जतिसुकै निर्लज्ज काम गरे पनि त्यसको वारेमा सानो टिप्पणी गर्न नपाइने अवस्था थियो । आज व्यवस्थाका वारेमा वा जो कुनै व्यक्तिका वारेमा सडकमा वा सदनमा समेत बोल्न पाइएको छ । आलोचना गर्न खुला छ त्यतिमात्र होइन केही व्यक्तिहरू त सिमा नाघेर बोलेको सुनिएको छ । सिमा नाघेर बोल्नु उचित होइन तर बोले वापतमा कसैले सजाए पाएको थाहा छैन । बोल्ने कुरामा आफै मर्यादा कायम गर्नु पर्दछ । लोकतन्त्र र राजतन्त्रको समयमा हुने फरकहरू अनगिन्ती छन् । एउटा यो पनि हो । राजतन्त्र र लोकतन्त्रको तुलना कुनै अर्थमा हुन सक्दैन । राजतन्त्रमा एउटा हिस्सालेमात्र राजा महाराजाहरूलाई वा त्यसका आसेपासेहरूलाई रिझाएर तर मार्ने गर्दथे । आज उनीहरूले त्यही सपना देखिरहेका छन् । यो सपना रातमा देख्नेमात्र हो उज्यालो भयो भने सपना देख्नेहरूको चाहना पूरा हुँदैन । अहिले उज्यालो भएको अवस्था हो । लोकतन्त्र भनेको उज्यालो व्यवस्था हो । वर्तमान अवस्थामा लोकतन्त्रका पक्षधरबाट केही कमजोरी भएका हुन सक्छन् । कतिपय राज्य सञ्चालकहरूले समेत कमजोरी स्वीकारेको कुरा हो । जानेर वा नजानेर भएका कमजोरीलाई सच्याएर अगाडि बढनु पर्दछ भन्ने आवाज चारैतिरबाट उठेको छ । अहिले ठूलै पहाड खसेको वा नदी थुनिएको अवस्था होइन । सबै नागरिकको भावना बुझेर नेतृत्वकर्ताहरूले आफ्नो कमजोरी सच्याएर जाने हो भने एकसाता भित्र अवस्थामा सुधार भएको पाउन सकिने छ । अहिले धेरैलाई लागेको घुस, भ्रष्टाचार र नातावाद को कुरा हो । चाकडी र चाप्लुसीको मात्रा पनि विस्तारै बढेको महसुस भएको छ । यी कु्राहरू सच्याएर जानसकिने कुराहरू हुन् । अहिले केही दल र केही व्यक्तिहरूले राजतन्त्रको वारेमा जुन वेमौसमी बाजा बजाइरहका छन् त्यो प्रतिगमनको संकेत भनेर धेरैले बुझेका छन् । लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरूले त्यसको प्रतिकारको निम्ति योजना बनाईरहेका छन् । अर्कोतर्फ राजनीतिलाई पनि मार्गदर्शन गर्ने साहित्य हो । साहित्य सर्जकहरू सडकमा उत्रिसकेका छन् । उनीहरूले आफ्ना सिर्जनामार्फत नागरिकलाई सजग र बेमौसमको बाजा बजाउनेहरूप्रति खवरदारी गरिरहेका छन् । हिंजो कसैले गलहत्याएर राजतन्त्र फालेको होइन । राजाको क्रियाकलापले आफै बहिर्गमन भएका हुन् । नारायणहिटीबाट तत्कालिन राजा ज्ञानेन्द्रको परिवारलाई नागार्जुन पठाउन कुन नागरिक गएका हुन र ? जनताको नासो जनतालाई फर्काएर मुलुकको विरासत्को रूपमा रहेको श्रीपेचलाई संग्रहालयमा राख्नेगरी तत्कालिन राजा ज्ञानेन्द्रले आफै घोषणा गरेर आफै गाडी चलाएर नागार्जुनतर्फ प्रस्थान गरेका हुन् ।

राजतन्त्र फर्कनका लागि नेपालको संविधानले समर्थन गर्नुप¥यो । नेपाली नागरिकका प्रतिनिधिले लेखेको नेपालको संविधान २०७२ मा राजतन्त्र वा राजाको कुनै स्थान छैन । जुन समयमा राजा राजदरवार छोडेर गए त्यो समयमा प्रहरी प्रशासन तथा तत्कालिन शाही नेपाली सेनाले गद्दी बचाउनका लागि केही पहल गर्ने थियो । जतिवेला राजा गद्दीमा थिए त्यो समयमा त शाही नेपाली सेना, प्रहरी प्रशासनबाट साथ मिलेन भने अहिले कसरी सम्भव हुन्छ ? बरु सम्भावना के रहन सक्छ भने अहिलेसम्म पूर्व राजाले जुन सेवा सुविधा र सुरक्षा पाएका छन्, पुनः प्रतिगमनको कुरा उठाए त्यो सबै कटौति हुनसक्छ । जव पखेटा नै काटिन्छ त्यतिवेला शासन गर्ने हिम्मत आउला ? नेपालमा राजाले शासन गर्ने कुरा निकै टाढा पुगिसकेको छ । राजलाई विष्णुको अवतार मान्ने अवस्थामा राजा दरवारबाट बाहिर जाँदा त कुनै नेपालीले आँशु बगाएन भने राजा वा राजसंस्था शासनबाट हटेको डेढ दशक पुगेको अवस्थामा के आस्थाले राजसंस्था फर्कने सुत्र भेटिन्छ ? वर्तमान अवस्थामा राजा फर्काउँछु भन्नु आकाश थाम्न हुटिट्याउँले खुट्टा आकासतर्फ फर्काको भन्दा एक इन्च फरक होइन । दुईचार सय वा दुइचार हजारको भीड जम्मा गरेर राजसंस्था फर्कने सपना देख्नु भन्दा नेपाललाई सुन्दर कसरी बनाउन सकिन्छ भन्ने वारेमा बहस गरेर समय खर्च गरे वेश हुन्छ होला ।

अहिले नेपालका शीर्ष दल र उनका नेतृत्वकर्ताले राजालाई र राजा फर्काउन हौसिएकाहरूलाई चेतावनी दिइरहेका छन् । कतिपय दलहरू त प्रतिगमनको विरुद्धमा सडक तताउने कुरा उठाएका छन् । केही दिनभित्र नेपालका विभिन्न भागमा त्यो दृश्य देखिने छ । २०६२÷६३ को आन्दोलन हुँदा राजाको प्रत्यक्ष शासन थियो । उनले संविधान समेत मिचेर प्रजान्त्रलाई मुठ्ठीमा राख्न चाहेका थिए । त्यो आन्दोलन हुँदा दमन गर्ने शक्ति पनि अहिले उनको हातमा छैन । नेपालको शासन व्यवस्थामा विदेशीले आँखा झिम्काएर केही हुँदैन । आज अत्यधिक नेपालीबाट राजतन्त्रको आवश्यकता छैन भन्ने आवाज उठिरहेको छ । जनताले अनुमोदन नगरेको कुनैपनि व्यवस्था टिक्न सक्दैन भन्ने प्रमाण यस अघि नै देखिएकाले अहिले राजतन्त्र फर्काउने वेमौसमी बाजा बजाएर सडकमा नृत्य देखाउनुको कुनै औचित्य छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?