Butwal Today

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ  ।

राजावादी अभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी दर्ता गरिएको छ। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले शुक्रबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन्।

उजुरीमा दुर्गा प्रसाईंले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना र घृणास्पद अभिव्यक्तिहरू फैलाएको आरोप लगाइएको छ। पन्तका अनुसार, प्रसाईंका अनलाइन अभिव्यक्तिहरूले समाजमा नकरात्मक असर पार्न सक्छ र यसले समुदायलाई थप हानि पुर्‍याउन सक्छ।

यस सम्बन्धमा पन्तले नेपाल साइबर अपराध ऐनको उल्लङ्घन गरेको आरोपमा दुर्गा प्रसाईंको गतिविधिको छानबिन गर्न र कानूनी कारबाही गर्न आग्रह गरेका छन्। साथै, उनले यस्ता घृणास्पद अभिव्यक्तिहरू र गलत सूचनाहरूलाई रोक्नका लागि आवश्यक कदम चाल्न पनि माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?