Butwal Today

तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं । 

तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर, तीनकुने हुँदै मनोहरा पुलसम्म शुक्रबार अपराह्न कर्फ्यू आदेश जारी गरेको हो।

दुर्गा प्रसाईं तथा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुन:स्थापनाको आन्दोलन अनियन्त्रित बनेको छ। तीनकुनेमा घरमा आगजनी, तोडफोड गरिएको छ। प्रहरीले सयौं राउन्ड अश्रुग्यास र हवाई फायर गरेको छ।