Butwal Today

काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा अश्रुग्यास प्रहार

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँको तीनकुने क्षेत्रमा आज राजावादी समर्थकहरूको प्रदर्शनमा अश्रुग्यास प्रहार गरिएको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वरतर्फ बढ्न खोजेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको हो।

प्रदर्शनकारीहरू अनियन्त्रित तरिकाले अघि बढिरहेका थिए र प्रहरीले अवरोध गर्ने प्रयास गर्दा भिडले प्रहरीमाथि ढुंगामुडा पनि प्रहार गरेका छन्। यसअघि, प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो।

प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन्, जसको साथमा राप्रपा लगायतका राजावादी दलहरूको समर्थन पनि रहेको छ। प्रसाईं पक्षले काठमाडौँको सिनामंगल र भक्तपुर क्षेत्रमा पनि र्‍याली निकालेका छन्।

प्रदर्शनकारीलाई प्रशासनले तीनकुने क्षेत्रमा सभा गर्नको लागि स्थान उपलब्ध गराएको थियो, तर प्रदर्शनको यस अनियन्त्रित अवस्थामा तनाव उत्पन्न भएको छ।