Butwal Today

करेन्ट लागेर गुलरियामा १० वर्षीय बालकको मृत्यु

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

बर्दिया, १५  चैत्र  ।

गुलरिया नगरपालिका वडा -७ स्थित घरमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।व्याडमिन्टन खेल्दा कक छानामा अड्किएपछि लिन जाने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घरको पङ्खाबाट करेन्ट चुहिएर टिनको छानामा करेन्ट पुगेको थियो । टिनकोछाना मै करेन्टले बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाईते भएका बालकलाई अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । घटनाको बारेमा आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।