Butwal Today

आईपीएल: चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु भिड्ने

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) बीच खेल हुनेछ। यो खेल आज चेन्नईको चेपक मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ।

दुबै टोलीले यसअघिको खेलमा जित हात पारेका छन्। अङ्क तालिकामा दुवै टोलीको दुई अङ्क भए तापनि रनरेटका आधारमा आरसीबी शीर्ष स्थानमा छ भने चेन्नई चौथो स्थानमा रहेको छ। यसअघिको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई पराजित गर्यो भने आरसीबीले कोलकाता नाइट राइर्डसलाई हराएको थियो। आईपीएल १८ औं संस्करण मे २५ तारिखसम्म जारी रहनेछ।