ट्रेंडिंग:

>> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै

२३ औ तिलोत्तमा गोल्ड कपको उपाधिमा नया दाबेदार

चर्च ब्याईज र एपीएफ क्लब बिच शनिबार फाईनल खेल हुदै
१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

बुटवल, १५ चैत । रुपन्देही जारी २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगिताको उपाधि चर्च ब्याईज युनाईटेड र विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लब दुबैले जित्ने दाबी गरेका छन । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा शुक्रबार गरिएको प्रि म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षकहरुले उपाधि जित्ने दाबी गरेका हुन ।

‘ए’ डिभिजन विजेता चर्च ब्याईज युनाईटेड र विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लबका बिचमा यो सिजनमा दोस्रो भेट हो । यसअघि सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा एपीएफलाई सेमीफाईनलमा चर्च ब्याईजले पराजित गरेको थियो । जारी प्रतियोगितामा एपीएफले पहिलो खेलमा आयोजक रुपन्देही ११ लाई १–० तथा सेमीफाईनलमा संकटा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनल पुगेको हो । यता चर्च ब्याईज भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ट्राईबेकरमा तथा सेमीफाईनलमा मच्छिन्द्र एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो ।

एपीएफका प्रशिक्षक टोप बहादुर बिष्टले टिममा सकारात्मक सोच र युवा खेलाडी जितको आधार भएको बताए । ‘सबै खेलाडी स्ट्रोङ मेन्टालिटी र स्ट्रेस फ्रि छौ ।’–उनले भने । लामोसमयदेखी एउटै टिम रहेको हुदा जितको आधार भएको एपीएफ क्याटेन हरि कार्कीले बताए ।
मोफसलमा एकमात्र चर्चित र बलियो टिमका रुपमा चर्च ब्याईज भएको हुदा पनि साख जोगाउने कोच आसिक थापामगरले दाबी गरे । ‘हामी जितेर छौ ।’–उनले भने ।

चर्च ब्याईजका क्याप्टेन फाकुने एबायोमी प्रतिपक्ष बलियो र सेट टिम हुदा पनि आफुहरुलाई जित निकाल्न सहज नहुने बताए । ‘फाईनल खेलमा धेरै च्यालेन्ज हुनेछ ।’–उनले भने ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ । यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?