ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सहकारी पीडितको बचत फिर्ता कहिले ?

१५ चैत्र २०८१, शुक्रबार
१५ चैत्र २०८१, शुक्रबार

सहकारीमा पैसा राखेका हजारौं बचतकर्ताले आफूले जम्मा गरेको रकम कहिले फिर्ता पाउँछन भन्ने अझै निश्चित भैसकेको छैन् । सरकार बचतकर्ताको रकम फिर्ता दिने कुरा गरिरहेको छ तर त्यो आश्वासनमात्रै पनि हुन सक्छ । बचतकर्ताले दुःख गरिगरी सहकारीमा राखेको पैसा निकाल्न नपाउँदा कतिपय बचतकर्ताको उठिबास भएको छ । सरकारले सहकारी पीडितहरूको पैसा फिर्ता गर्ने गराउनेतर्फ छिटो ध्यान दिनु जरुरी छ । कुनै कुनै बचतकर्ताले जिन्दगीभरको कमाई सरकारी बैंकमा नराखी तिनै सहकारीमा राखेका थिए । सहकारीप्रति उनीहरूको अपार आस्था र विश्वास थियो तर अहिले बचत गरेको रकमको ब्याज त छैन, साउँ समेत नपाउने अवस्थाले उनीहरू ठूलो समस्यमा परेका छन । यो गंभीर समस्या समाधानमा सरकारको छिटो ध्यान पुगोस् । सहकारीको रकममा अनियमितता गरेकाहरू कतिपय राजनीतिक आडमा फरार भएका छन् । जनताले खाइनखाई दुःख गरेर जम्मा गरेको पैसा अपचलन गर्न कसैलाई छुट छैन । केही सहकारी ठगहरू अहिले जेलमा छन । कोही मुद्दा बोकीरहेका छन् । अदालती मुद्दामा छिनोफानो हुन बर्षौं लाग्न सक्छ । अव सरकारले आफै तदारुकता लिएर पैसा फिर्ताको पहल गरोस् । सहकारी अपचलनमा जोडिएकाहरू राजनीतिक रूपमा ठूलो पहुँच राख्नेहरू छन् । यो सञ्जालभित्र राजनीतिकर्मीहरूको समेत संलग्नता रहेको कुरा सार्वजनिक भएको छ । अतः उनीहरूमाथि पनि छानबिन र कानुनी कारबाही हुनुपर्दछ । ढिला न्याय दिनु भनेको न्याय नदिनु बराबर हो । त्यसकारण समयमै पीडितले न्याय पाउनुपर्छ । विगतमा सहकारी संस्था दर्ता गरेर जनताको श्रम पसिनामाथि चरम दोहन गर्नेहरू कुनैपनि अवस्थामा उम्किनु हुँदैन । सहकारी ठगीमा राजनैतिक दलका उच्च पदस्थ नेता र कर्मचारीतन्त्रसमेत जोडिएका छन् । तसर्थ बचतकर्ताले समयमै आफ्नो पैसा फिर्ता पाउलान भन्ने आशा छैन् । सरकारले यो समस्यालाई सकेसम्म छिटो समाधानको प्रयास गरोस् । पछिल्लोसमय सहकारीहरू बचतकर्ताको पैसा उठाएर भाग्ने प्रवृत्ति पनि बढ्दै गएको देखिएको छ । चार महिना अघि मात्रै रूपन्देहीबाट पाँचवटा सहकारी बचतकर्ताको पैसा उठाएर फरार भए ।

बुटवलको सुप्रिम सहकारीमा त हजारौं बचतकर्ताको रकम छ । यो सहकारीमा हजारौं जनताको भविष्य जोडिएको छ तर रकम फिर्ता पाउने कुरा अझै अनिश्चित छ । रकम दुरूपयोग भैसकेकोले संचालकबाट उठाएर बचत फिर्ता दिने कुरा कत्तिको संभव होला ? सरकारले समयमै यसको बिषयमा जवाफ दिनु जरुरी छ । ठूला सहकारीका सञ्चालकहरूविरुद्धको मुद्दा टुंगो लाग्न समय लाग्न सक्छ । मुद्दा छिनोफानो भएपनि रकम फिर्ता गर्ने प्रकृया त्यति सजिलो छैन् । यी सवै कुराको छिनोफानो सरकारले मात्रै गर्न सक्दछ । अझैपनि सहकारीको नाममा ठगी भैरहेको समाचार आईरहेकोले आम जनता सचेत बन्नु जरुरी छ । सहकारीले बचत खाईदिएको उजुरीका चाङ प्रायः प्रत्येक जिल्लाका प्रहरी कार्यालयमा रहेको अवस्था छ । राम्रामा गनिने सहकारी पनि केही समयमा टाट पल्टिएका उदाहरण खोज्न गाह्रो छैन तर पनि नयाँ खुल्ने र सदस्य ठगिने क्रम उस्तै छ । धेरै सहकारी ऐन, नियम र कानुनभन्दा बाहिर गएर सञ्चालनमा छन् । तिनै सहकारीको ठगीमा सर्वसाधारण पर्दैछन् । बचतकर्ताले गास छुट्याएर जम्मा गरेको रकमको प्रतिफल पाउनु त परको कुरा सेयर रकम पनि सदस्यले गुमाउने अवस्थाले सहकारीप्रति आम बचतकर्ताको मोहभंग भैरहेको छ । अवको दिनमा सहकारीमा बचत राखेका तर फिर्ता नपाएका हजारौं बचतकर्ताको रकम फिर्ता दिनेतर्फ सरकारले पहल गरोस् । सरकारले पाँच लाखसम्म रकम बचत गरेका बचतकर्ताको रकम फिर्ता दिने घोषणा गरिसकेको छ तर त्यो भन्दा धेरै लाखौंलाख रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्तामा पनि सरकारले अग्रसरता देखाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?