Butwal Today

आईपीएल: चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु भिड्ने

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) बीच खेल हुनेछ। यो खेल आज चेन्नईको चेपक मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरू हुनेछ।

दुबै टोलीले यसअघिको खेलमा जित हात पारेका छन्। अङ्क तालिकामा दुवै टोलीको दुई अङ्क भए तापनि रनरेटका आधारमा आरसीबी शीर्ष स्थानमा छ भने चेन्नई चौथो स्थानमा रहेको छ। यसअघिको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई पराजित गर्यो भने आरसीबीले कोलकाता नाइट राइर्डसलाई हराएको थियो। आईपीएल १८ औं संस्करण मे २५ तारिखसम्म जारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?