ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनीमा महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

लुम्बिनीमा महिला अधिकार र यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिकामा महिला अधिकारको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन यौन तथा प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम सुरु भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणी ज्ञवालीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य निर्मला देवी थारु चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी निर्मला चौधरीले ग्रामिण भेगमा अझै पनि महिलाहरु पछि परेकोले विभिन्न खालका सेवा सुबिधाबाट बन्चित भएको बताउनु भएको छ । उहाले ग्रामिण भेगका महिलाहरु यौन तथा प्रजनन स्वास्थ्यका बारेमा अझै पनि खुल्न नसक्ने अवस्था रहेकोले यस्ता सचेतना कार्यक्रम मार्फत महिलाहरुलाई सशक्तीकरण तालिम दिई सचेतना कार्यक्रमबाट महिलाहरुको अधिकार स्वास्थ्य‌ प्रजननमा सुधार देखिने उनिले बताईन‌ ।
चौधरीले लुम्बिनी प्रदेशमा सुरक्षित मातृत्व प्रवद्र्धनात्मक कार्यक्रम,परिवार नियोजनका सेवा, यौन संक्रमण तथा एचआइभी एडस रोकथाम, किशोर किशोरी स्वास्थ्य मैत्री सेवा, लैंगिक समानता तथा महिला सशक्तिकण लगायतका कार्यक्रमहरुलाई जोड दिएको बताउनु भएको छ । उहाले समुदायमा स्वास्थ्य सचेतना तथा शिक्षा मार्फत नै महिलाहरुको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सकिने भएकोले आगामी दिनमा समेत यसलाई निरन्तरता दिदै जाने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी नगरप्रमुख सजरुद्धिन मुसलमानले पहिला भन्दा समाजमा अहिले धेरै परिर्वतन आएको बताउनु भएको छ । उहाले लुम्बिनीमा अझै यौन तथा प्रजनन स्वास्थ्यबारे महिलाहरु ज्ञानको कमिले गर्दा स्वास्थ्य समस्या हुने गर्थ्यो । महिलाले आफ्नो समस्या बारे खुलेर बोल्न नसक्ने भएकोे आफनो समस्या लुकाएर बसेको बताउनु भएको छ । उहाले शिक्षित समुदायमा यौन तथा प्रजनन स्वास्थ्यबारे चेतना हुन लागेको बताउनु भएको छ । नगरप्रमुख मुसलमानले थोरै सन्तान पाउने सबैको चाहना भए पनि मुस्लिम समुदायमा धेरै सन्तान पाउनु पुन्यको काम भएको धर्ममा नै उल्लेख भएपछि एकैपटक समाजमा परिर्वतन ल्याउन नसकिएको बताउनु भयो । उहाले परिर्वतन एकपटक नहुने भएकोले बिस्तारै बिस्तारै परिवर्तन हुने वहाले बताउनु भयो।

यस्तै गरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले लुम्बिनी नगरपालिका एक मात्र वडा नम्बर ३ भित्र रहेको प्राथमिक स्वास्थ्य केन्द्र बर्थिंग सेन्टरको रुपमा प्रदेशकै तेस्रो स्थानमा आए पनि अझै पनि त्यसको ब्यवस्थापनमा नगरपालिकाले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाले नगरपालिकाको जनसंख्या अनुसार एउटा मात्र बर्थिंग सेन्टर भएकाले अन्य बिकल्पहरु खोज्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ । उहाले बुद्ध जन्मस्थल लुम्बिनीमा विदेशी महिलाले सन्तान जन्माउन चाहने भएकोले लुम्बिनीमा एउटा अन्तरार्ट्रिष्या बर्थिंग हब बनाउन जरुरी रहेकोले बताउनु भएको छ । उहाले लुम्बिनीमा बिकराल समस्याको रुपमा रहेको होम डेलिभरीमा कमी आएको बताउदै लुम्बिनीमा प्रजनन स्वास्थ्यमा धेरै सुधार आएको उल्लेख गर्नू भयो । उहाले लुम्बिनीमा सुरक्षित गर्भपतन गर्ने किशारीहरुको संख्या बढदै जानु चुनौतीको बिषय भएकोेले यसको न्युनीकरणका लागी पालिकाले पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको स्वागत मन्तब्य रहेको कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ध्रुप यादव, वडा तथा कार्यपालिका सदस्य रुबिना खातुन, न्यायिक समिति सदस्य अहमद हुसेन खान लगायतले आ आफनो भनाई राख्दै स्वास्थ्य क्षेत्रमा अनगिन्ती समस्याहरुको भएको र यसको न्युनीकरणका लागी बिभिन्न किसिमका निती नियम, योजनाहरु किताबमा मात्रै सिमित भएको र व्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्नु भएको थियो । स्वास्थ्य क्षेत्रको पहुचमा नपुगेका समुदायका लागी पनि योजनाहरु ल्याउन माग गरेका गर्नु भएको छ । कागजमा मात्र कोरमहरु पुरा हुने र व्यवहारमा धेरै कुरा लागु नभएको गुनासो गर्दै यसको कार्यान्वयनमा पहल गर्न आग्रह गर्नु भएको छ ।
यस्तै गरी नगरपालिका स्वास्थ्य प्रमुख ध्रुबराज घिमिरेले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रभास पन्थी, दीपा खडका तथा लैंगिक समानता बारे राजेश जिसीले सहजीकरण गर्नु भएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडा नम्बर १ का वडाध्यक्ष सुरज कलवार, २ का वडाध्यक्ष ईनामुल्लाह फकिर, ३ का वडाध्यक्ष अकरामुद्धिन नाउ, ४ वडा अध्यक्ष बिनोद श्रीवास्तव, ५ का वडाध्यक्ष, खुर्शेद आलम मुसलमान, ७ का वडा अध्यक्ष ध्रुव यादव ,८ का वडाध्यक्ष राजेन्द्र जैसवाल, ९ का वडाध्यक्ष कमल अख्तर फकिर १० बिनोद कहार, ११ का वडा अध्यक्ष अकरामुद्दीन मुसलमान, १२ का वडा अध्यक्ष हरिकेश लोध लगायत स्वास्थ्य शाखाका प्रतिनिधी,लगायत जनप्रतिनिधी, सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?