ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

देश गम्भीर अर्थ राजनीतिक संकटमा फसेको छः डा.भट्टराई

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार
दाङ, १४ चैत ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर संकटमा रहेको टिप्पणी गरेका छन्  । रिपोटर्स क्लब नेपाल दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखा परेको समस्या हल हुने बताए  ।
संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि अहिलेको शासकीय स्वरुपले अपेक्षा अनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता रहेको बताए ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताए ।
रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ । अहिले भएको पनि यही हो । २०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन। त्यसैले जनतामा निराशा बढेको हो । युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, कृषि उत्पादन बढाउन, आत्मनिर्भर राष्ट्र बनाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु जरुरी छ, उनले भने । लामो राजनीतिक लडाइँपछि नेपालमा संविधान आयो। संविधान जारी भएपछि त्यो मैले भनेको थिएँ, यो संविधान आधा गिलास भरी र आधा जस्तै छ ।यसलाई पूर्णा दिन हामीले बाँकी काम गर्नुपर्छ । शासकीय स्वरुप पूर्णता दिन ध्यान दिनुपर्छ ।
राष्ट्रिय सहमति जुटाएर निर्वाचन प्रणाली सुधार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रदेश मुख्यमन्त्री हुनुपर्ने, प्रत्यक्ष निर्वाचित संघीय र प्रदेश सांसद हुनुपर्ने तर्क गरे । यसैगरी, विषय विज्ञबाट मन्त्री चयन गरेर सरकार चलाउन सके सुशासन र गतिशीलता ल्याउन सकिने उनको दावी छ ।
नेपालमा राजनीतिक अधिकार स्थापित भएपनि आर्थिक समृद्धिको यात्रा बाँकी रहेकाले नयाँ विचारमा आधारीत नयाँ शक्ति अभियान चलाएको उनको भनाइ छ। यसका लागि नेपाल समाजवादी पार्टी नयाँ शक्तिले अभियान थालनी गरेको बताउँदै गणतन्त्रका पक्षधर एक ठाउँमा आउने बताए । त्यो बेला हामीले जे कुरा गरेका  थियौं  त्यो पूरा गर्न बाँकी छ। म आफु पनि अर्थ राजनीतिमा चासो राख्ने व्यक्ति हुँ। देशमा अस्थिरता रह्यो भने वाह्य हस्तक्षेप बढ्छ । ठूला शक्ति राष्ट्रले चासो राख्छन् । यो कुरा हामीले बुझ्न सक्नुपर्छ उनले भने राजनीतिमा नेपालको राजनीतिमा ठूला राष्ट्रको चासो हुन्छ । आन्तरिक समस्या यहीँ समाधान गर्न सक्नुपर्छ । वाह्य हस्तक्षेप रोक्न सरकारले ध्यान दिनुपर्छ ।
वर्तमान राष्ट्रिय राजनीति बारे बोल्दै अध्यक्ष भट्टराईले देशमा राजतन्त्र आउने कुनै आधार नरहेको तर्क गरे । उनले भाडाका व्यक्ति ल्याएर सडकमा उत्रिँदैमा लामो त्याग, तपस्या र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नढल्ने बताए । उनको अहिलेको व्यवस्थामा समस्या भन्दा पनि व्यक्तिमा केही समस्या भएको हुँदा उनीहरु सच्चिनु पर्ने बताए  ।
अहिले गणतन्त्र ढल्छ, राजतन्त्र आउँछ भनेर हल्ला फिजाईएको छ । यो अनावश्यक हल्ला खारेज गर्नुपर्छ । बगेको खोला उल्टो फर्केको कहीँ छ र ? मरिसकेको व्यवस्था कसरी उल्टिन्छर उनले भने —लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो । यसको प्रवर्द्धन गर्न सबै एक ठाउँमा उभिनु पर्छ । संघीय लोकतन्त्र, गणतन्त्र रक्षाका लागि जुटेर अघि बढ्नुपर्छ ।
यस्तै, नेपाल विद्युत प्राधिकरणको प्रमुुख कार्यकारी अधिकृतबाट सरकारले कुलमान घिसिङलाई हटाउनु उचित नभएको बताए ।
प्राधिकरणको प्रमुखमा नियुक्ति गर्ने प्रकृया
दलीय हस्तक्षेपमा रहेको हुँदा यही  अहिले देखा परेको उनको टिप्पणी छ । उनले  जे भएको छ बेठीक भएको छ। समस्याको निकास संस्थागत रुपमा निकाल्नु पर्छ भने । रिपोटर्स क्लब नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सहजीकरण सन्तोष केसीले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?