Butwal Today

सुनको मुल्यमा एकैदिन १३ सय रुपैयाँले वृद्धि

१४ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, १४ चैत ।

एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।