ट्रेंडिंग:

>> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला

लिट्मसको नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योग सुरु

१४ चैत्र २०८१, बिहीबार
१४ चैत्र २०८१, बिहीबार

बुटवल, १४ चैत ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडले “लिट्मस २.०” अन्तर्गत एक नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । पश्चिम नवलपरासीको रामग्राम १६ हकुईमा नेपालमै पहिलो पटक केवल (तार) उद्योग स्थापना भएको छ ।४ अर्बको लागतमा स्थापना भएको उद्योगले विद्युत प्रशारण तथा वितरण लाईन र घरायसी प्रयोगमा आवश्यक केबल, तार र कन्डक्टर उत्पादन सुरु गरेको छ । हाल सम्म भारतबाट आयात गरेर नेपालमा खपत हुँदै आएकोमा अब नेपालमै उत्पादन गरी भारतसहित तेस्रो मुलुक सम्म निर्यात गर्ने लक्ष्यका साथ उद्योग स्थापना गरिएको उद्योगका कार्यकारी निर्देशक रोहित गुप्ताले जानकारी दिए । बुटवल औद्योगिक क्षेत्रमा लुम्बिनी विद्युत उद्योग संञ्चालन गर्दे आएको लिटमस केवल ईन्डष्ट्रिजले रामग्राममा आधुनिकि प्रविधि सहितको आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो ।

उक्त उद्योगको एक कार्यक्रमका बीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले उद्घाटन गरे । सो क्रममा उनले आन्तरिक उत्पादन वृद्धि गरी व्यापार घाटा कम गर्न ‘मेड इन नेपाल’ भन्ने निति सरकारले अगाडि सारेको बताए । अहिले आयात र निर्यातका बिच ठूलो अन्तर रहेको बताउँदै उनले नितिगत परिर्वतन गरेर पनि सरकारले औद्यागिक वातावरण निर्माण गर्दे आएको बताए । नेपालमा हरेक वर्ष २० अर्ब बराबरको १० हजार टन केबल तारको लागी आल्मुनियम रड भारतबाट आयात हुदै आएको छ । लिटमस केवलको वार्षिक २० हजार टन उत्पादन क्षमता रहेकाले बाह्य निर्यात गर्ने लक्ष्य लिईएको उद्योगले जनाएको छ । १५ विगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा अहिले एक सय कामदार कार्यरत रहेका छन् ।
कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यवहाक नगर प्रमुख सम्झना चौधरीले उद्योग स्थापना संगै स्थानियलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने बताईन । सो क्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, धुव्र तिमेल्सेना, बिजय यादव, ओमप्रकाश अग्रहरी लगायतले बोल्दै उद्योग स्थापना संगै आन्तरिक उत्पादन वृद्धि हुदा व्यापार घाटा कम गर्न सघाउ पुग्ने बताएका थिए । लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै अग्रणी तार, केबल र कन्डक्टर निर्माता कम्पनी हो, जसले सुरक्षा, नवीनता र भरपर्दोपनमा निरन्तर उच्च मापदण्ड कायम गर्दै आएको छ । देशको पूर्वाधार विकासमा योगदान पु¥याउँदै, लिट्मसले अन्तर्राष्ट्रियस्तरका विद्युत समाधानहरू प्रदान गर्दै समुदाय र उद्योगमा विश्वास र प्रगति फैलाउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?