Butwal Today

कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित

१४ चैत्र २०८१, बिहीबार
अ+
अ-
काठमाडौं, १४ चैत ।
राष्ट्रियसभा  बैठक आज पनि अबरूद्द भएको छ ।विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक स्थगित गरिएको छ  । बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।
अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेको सुचना जारी गरेका छन । हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित गरिएको थियो ।