Butwal Today

आज भैरहवा, नेपालगन्ज र धनगढीमा तापक्रम ३७ डिग्रीसम्म पुग्ने अनुमान

१४ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार भैरहवा, नेपालगन्ज र धनगढीमा तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यसै बीच, जुम्लामा राति तापक्रम दुई डिग्रीसम्म घट्न सक्ने सम्भावना छ। दिउँसो काठमाडौँको तापक्रम २९ डिग्री, विराटनगरको ३५ डिग्री, जिरीको २३ डिग्री र जुम्लाको २६ डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ।