Butwal Today

भूमिसम्बन्धि अध्यादेशबाट पछि हट्यो सरकार

१३ चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

सरकारले भूमि अध्यादेशलाई नियमित विधेयकको रुपमा अघि बढाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय दलका शीर्ष नेताको बैठकले भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकको रुपमा अगाडि बढाउने निर्णय हो । भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सक्ने अवस्था नरहेकाले विधेयकका रुपमा अघि बढाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । नियमित विधेयकका रुपमा अघि बढाउदा अन्य सत्तारुढ दलहरुले राखेका बिषयलाई पनि सम्बोधन गरिने उनले बताए ।

चैत्र १८ गतेपछि निष्कृय हुने भएपछि सत्तारुढ दल भूमिसम्बन्धी अध्यादेशबाट पछि हटेको हो । सरकारले जारी गरेका अन्य अध्यादेश अघि बढेपनि केहि सत्ता साझेदार दलले विरोध जनाएपछि भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सकेको थिएन ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएतका सत्तारुढ दलका नेताहरुको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?