ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ

१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार

कपिलवस्तु, १३ चैत ।
बुटवल–गोरुसिंगे सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले बाणगंगा नदीबाट नदीजन्य पर्दाथ चोरी गरेको छ । तिब्र गतिमा काम गरेर प्रशंसा बटुलेको एससिइजीसी–एनएस जेभी निर्माण कम्पनीले नक्कली भ्याट बिल बनाई नदीजन्य पर्दाथ निकासी गर्ने क्रममा सोमबार पक्राउ परेको छ । बाणगंगा नगरपालिका राजस्व शाखाले नदीबाटै नक्कली बिल बनाई ढुवानी गरिरहेको आयोजनाको लु२ ख १७०४ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको छ ।बुटवल–गोरुसिंगे सडकलाई आवश्यक पर्ने नदीजन्य पर्दाथ निकासी गर्न बाणगंगा नगरपालिकाले उक्त ठेकेदारलाई चालु आ.ब.का लागि भ्याट बाहेक १५ रुपैया रुपैयाको दरले ६४ हजार घनमिटर माल निकाल्न स्वीकृति दिएको छ । तर ठेकेदारले तोकिएको परिमाण भन्दा बढि मालवस्तु निकालेर बाहिर बेच्ने उद्धेश्यले नक्कली बिल बनाई चोरी गरिरहेको बताइन्छ । ठेकेदारले चैत ११ गते उक्त ट्रकलाई ४२० नम्बरको रसिद काटेका छन् भने १२ गते ४१२ नम्बरको रसिद काटेका छन् । नगरपालिका श्रोतका अनुसार ४१२ नम्बरको उक्त रसिद नक्कली हो । यसबारे पालिकाले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । राजस्व प्रमुख मदन घिमिरेले आयोजना ठेकेदारको एउटा ट्रिपर नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

बुटवल–गोरुसिंगे आयोजनाको ठेकेदार प्रतिनिधी बाबुराम अधिकारीकै निर्देशनमा किर्ते भ्याट बिल बनाई नदीजन्य पर्दाथ चोरी भइरहेको बताइन्छ । आयोजनालाई आवश्यक पर्ने बेश र सबबेश बनाउनका लागि ठेकेदार पक्षले बाणगंगा नदी किनारमै रहेको विवादित लुम्बिनी क्रेशर समेत ४ बर्षका लागि लिजमा लिएका छन् । त्यहि क्रेशरमा तोकिएको भन्दा बढि नदीजन्य पर्दाथ ल्याउने र त्यहाबाट आयोजना बाहेक अन्य ठेकेदार र बाटोहरुमा समेत निर्माण सामाग्री विक्री गर्ने चलखेल अनुसार उक्त गतिविधि भइरहेको आयोजना हेर्ने एक प्राविधिकले दाबी गरे । आयोजनाको बुटवल देखि बुड्ढी चोक सम्मको ४ लेन सडक निर्माणका लागि १ लाख घनमिटर नदीजन्य पर्दाथ आवश्यक पर्ने लागत स्टिमेट हुदा हुदै पनि ठेकेदार पक्षले ३ लाख घनमिटर नदीजन्य पर्दाथ निकासीका लागि बाणगंगा नगरपालिका संग माग गरेका थिए । तर बाणगंगाले महत्वपूर्ण आयोजना भन्दै हाल ६४ हजार मात्र दिने र पछि आवश्यक परे दिने भन्दै सिधै कार्यपालिका बाटै निर्णय गरेर सामाग्री उप्लब्ध गराएको थियो ।

नक्कली भ्याट बिल बनाएका ठेकेदार बाबुराम अधिकारी तथा आयोजना माथि नक्कली बिल बनाई भ्याट छली गरेको, पालिकाले तोकेर दिएको परिमाण चोरी गरेको, पालिकाको सरकारी छाप किर्ते गरेको लगायतका मुद्धा लाग्न सक्ने बताइएको छ । आयोजनाको नाममा बाणगंगा नदीको चरम दोहन गर्ने गिरोह यतिखेर ठेकेदार संग मिलेर ठूलो चलखेल गरेको र त्यसमा स्थानीय राजनितिक दल र जनप्रतिनिधीहरुको समेत संलग्नता हुन सक्ने स्थानीयबासी बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?