ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लायन्स क्लब बुटवल सयपत्रीद्वारा तीनदिने बाटेको धुप बनाउने तालिम सम्पन्न

१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

बुटवल, १२ चैत

लायन्स क्लब बुटवल सयपत्रीले मिति २०८१ चैत ७ देखि ९ गतेसम्म तीनदिने बाटेको धुप बनाउने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। बुटवल-९ स्थित तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा ओम शिवशक्ति कल्याणी मन्दिरको हलमा आयोजित उक्त तालिम क्लबकी अध्यक्ष कमला बस्नेत कुंवरको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक ३२५ पीका डिष्ट्रिक ट्रेजरर  प्रकाश श्रेष्ठ थिए भने क्लबका एक्टेन्सन चियरपर्सन तथा डिष्ट्रिक को-चिफ द्वारिका प्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए। तालिम संयोजक तथा प्रमुख प्रशिक्षक क्लबका पूर्व अध्यक्ष एवं सिनियर डिष्ट्रिक एडभाइजर सविना श्रेष्ठ थिइन् भने क्लबकी पिआरओ रीना भारी सह-प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन्।

महिला दिदीबहिनीहरूलाई उद्यमशील बनाउने उद्देश्यले आयोजित उक्त तालिममा ५० भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो। क्लबकी अध्यक्ष कमला बस्नेत कुंवरका अनुसार लायन्स क्लबको वर्ष २०२४/२५ का गर्भनरको उद्यमशीलता सम्बन्धी वार्षिक कार्ययोजना अनुरूप उक्त तालिम सञ्चालन गरिएको हो। तालिमको प्रमुख उद्देश्य महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको उनले बताइन्।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक ट्रेजरर प्रकाश श्रेष्ठले सम्बोधन गर्दै तालिम लायन्स क्लब सयपत्रीको लागि निकै महत्वपूर्ण भएको बताए। उनका अनुसार क्लबले वर्ष २०२४/२५ भित्र ३०० भन्दा बढी महिलालाई यो सिपमूलक तालिम प्रदान गरिसकेको छ, जसले उनीहरूलाई आत्मनिर्भर बन्ने अवसर दिएको छ। साथै, यस्ता तालिमहरूलाई निरन्तरता दिन आवश्यक रहेको समेत उनले उल्लेख गरे।

समापन कार्यक्रममा डिष्ट्रिक को-चिफ द्वारिका प्रसाद श्रेष्ठ, सिनियर डिष्ट्रिक एडभाइजर सागरराज श्रेष्ठ, गाइडलाइन ज्ञानेन्द्र सिमानगैडा, सविना श्रेष्ठ, फूलबारीका अध्यक्ष महेन्द्र भारी, प्रगति टोल विकास संस्थाका अध्यक्ष तारा विष्ट, एरिया चिफ दीपक श्रेष्ठ, जोन चियरपर्सन महेश श्रेष्ठ, लाड्ली श्रेष्ठ, प्रिया गुरुङ, रीना भारी, खिमकला रेग्मी, तुलसी क्षेत्री लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम क्लबकी सचिव शान्ति नेपालको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?