ट्रेंडिंग:

>> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने

दुव्र्यसनको बढ्दै चिन्ताः जोडिदै महिला

१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

पछिल्लो एक अध्ययनका अनुसार नेपालमा करिव ३२ हजार महिलाहरू लागूऔषधको जोखिममा छन् । उनीहरूलाई छिट्टै त्यसको चंगुलबाट मुक्त नगर्ने हो भने उनीहरूको जीवन धरापमा पर्ने खतरा रहेको समेत प्रतिवेदनले औंल्याएको छ । यस अघिसम्म पुरुष दुव्र्यसनी तथा लागूऔषधको जोखिममा रहेको कुरा सार्वजनिक भएको थियो तर महिला दुव्र्यसनीको अवस्थाका बिषय अज्ञात थियो । पछिल्लो रिपोर्टले नेपालमा महिला दुव्र्यसनी तथा लागूऔषधको जोखिममा खासगरी १५ देखि २५ बर्षभित्रका किशोरी तथा महिलाहरू पर्दै गएको देखिनु चिन्ताको कुरा हो । पुरुषप्रधान हाम्रो जस्तो विकासोन्मुख मुलुकमा महिलाहरू समेत दुव्र्यसनमा पर्दै गएको सार्वजनिक हुँदा नेपाली समाजलाई आश्चर्यचकित वनाएको छ । पुरुष प्रधान समाजमा पुरुषहरूमा रहेको दुव्र्यसनको समस्या महिलामा सर्नुले नेपाली समाजको बिहंगम अवस्था पुष्टी हुन्छ । प्रहरीका अनुसार योजनाबद्ध रूपले साथीभाईको संगतमा परेर औषधि हो भन्ने विश्वासले र रमाइलो गरौं या दुःख बिर्सौं भन्ने विश्वासले महिलाहरू कुनैपनि प्रलोभनको चक्करमा दुव्र्यसनमा परेको देखिन्छ । नेपालमा उपचार केन्द्रमा आएका महिलालाई आफूहरू यसरी दुव्र्यसनमा फसेको बताउँछन् । उपचारमा आएकामध्ये अधिकांश महिलाहरू ५० प्रतिशत आफ्ना केटा साथीकै कारणले लागूऔषध लिन बाध्य भई लतमा फसेको बताउने गरेका छन् । नेपालमा बर्षौदेखिको लागूपदार्थ दुव्र्यसनको समस्या कम होइन बरु बढेको देखिएको छ । कारण जे भएपनि गलत प्रेमी छान्न पुग्दा वा पुरुषको लहैलहैमा लाग्दा नै महिलाहरू दुव्र्यसनमा फसेका छन् ।

नेपालमा बर्षौदेखि यो समस्या प्रमुख चुनौतिको रूपमा रहँदै आएको छ । भोलिका कर्णधार तथा नेपाल बनाउने युवाहरू नै कुलतमा फसेको अवस्थाले चिन्ता थपिएको छ । दुव्र्यसनका कारण परिवार, समाज र देशलाई नै असर पुगेको छ । त्यसमाथि पछिल्लोसमय महिलाहरू समेत दुव्र्यसनमा परेको सुन्दा नेपाल जस्तो मुलुकका लागि आश्चर्यको बिषय वनेको छ । करिब १५ प्रतिशत महिलाले आफूले लागूऔषध लिने महिलालाई चिनेको र उनीहरूसंग घुलमिल हुँदाहुँदै उनकै देखासिकी गरी लागूऔषध लिन थालेको र दुव्र्यसनमा फसेको बताउने गरेका छन् । यसले के देखाउँछ भने लागूऔषध दुव्र्यसन साथीभाईको लहैलहैमा लागेर हुने प्रमुख समस्या र चुनौतिको विषय हो । करिब ५ प्रतिशत महिलाले आफूले विवाहअघि कहिल्यै लागूऔषध नलिएको तर विवाहपछि पतिले लागूऔषध लिने भएका कारण उनको पटक–पटकको अनुरोधपछि आगूऔषध लिन थालेको प्रतिकृया दिएका छन् । यसले के देखाउँछ भने लागूऔषधको मूल समस्या भनेको देखासिकी, सम्बन्ध र सम्पर्क हो । जुनसुकै कारणबाट लागूऔषधको दुव्र्यसनमा फसेको भएपनि महिलालाई दुव्र्यसनमा पार्न पुरुषहरूकै प्रत्यक्ष–अप्रत्यक्ष भूमिका देखिएको छ । गलत पुरुषको संगतमा परेका कारणले नै अधिकांश महिला दुब्व्र्यसनको समस्यामा परेको देखिन्छ । यो गंभीर चिन्ताको कुरा हो । हाम्रो नेपाल अहिलेपनि पुरुष प्रधान समाज हो । नयाँ नेपाल भनिएपनि पुरुषबादी चिन्तन र सोँच हावी छ । जसका कारण दुव्र्यसनमा परेका महिलालाई परिवारले इज्जत जाने डरले उपचारमा नलैजाने बरु घरमै राख्ने गरेको देखिएको छ । फलस्वरूप उनीहरूको जीवन झनै कष्टकर हुने गरेको छ । महिलाहरू पुरुषभन्दा बढी घरायसी हिंसाको शिकार हुन पुग्ने गरेको पाईएको छ । उनीहरूलाई शारीरिक यातना दिने काममा बृद्धि भैरहेको घटनाक्रमले देखाउने गरेको छ । पुरुषको तुलनामा महिलालाई दुव्र्यसनबाट बाहिर निकाल्न पनि कठिन हुने गरेको देखिएको छ । एउटी महिलालाई छोरी, बुहारी, आमा भएर विभिन्न समयमा विभिन्न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ तर दुव्र्यसनमा परेका महिलाले समाजमा उपेक्षा गरेझैं त्यो भूमिका निभाउन सक्दैनन् । त्यो काम दुव्र्यसनमा परेका महिलाका लागि झनै चुनौतीपूर्ण हुने गर्दछ । अतः महिलालाई दुव्र्यसनमा पर्नै नदिनु बुद्धिमत्ता हो । यसतर्फ देश, परिवार, समाज सवैले सोच्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?