ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

दुव्र्यसनको बढ्दै चिन्ताः जोडिदै महिला

१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

पछिल्लो एक अध्ययनका अनुसार नेपालमा करिव ३२ हजार महिलाहरू लागूऔषधको जोखिममा छन् । उनीहरूलाई छिट्टै त्यसको चंगुलबाट मुक्त नगर्ने हो भने उनीहरूको जीवन धरापमा पर्ने खतरा रहेको समेत प्रतिवेदनले औंल्याएको छ । यस अघिसम्म पुरुष दुव्र्यसनी तथा लागूऔषधको जोखिममा रहेको कुरा सार्वजनिक भएको थियो तर महिला दुव्र्यसनीको अवस्थाका बिषय अज्ञात थियो । पछिल्लो रिपोर्टले नेपालमा महिला दुव्र्यसनी तथा लागूऔषधको जोखिममा खासगरी १५ देखि २५ बर्षभित्रका किशोरी तथा महिलाहरू पर्दै गएको देखिनु चिन्ताको कुरा हो । पुरुषप्रधान हाम्रो जस्तो विकासोन्मुख मुलुकमा महिलाहरू समेत दुव्र्यसनमा पर्दै गएको सार्वजनिक हुँदा नेपाली समाजलाई आश्चर्यचकित वनाएको छ । पुरुष प्रधान समाजमा पुरुषहरूमा रहेको दुव्र्यसनको समस्या महिलामा सर्नुले नेपाली समाजको बिहंगम अवस्था पुष्टी हुन्छ । प्रहरीका अनुसार योजनाबद्ध रूपले साथीभाईको संगतमा परेर औषधि हो भन्ने विश्वासले र रमाइलो गरौं या दुःख बिर्सौं भन्ने विश्वासले महिलाहरू कुनैपनि प्रलोभनको चक्करमा दुव्र्यसनमा परेको देखिन्छ । नेपालमा उपचार केन्द्रमा आएका महिलालाई आफूहरू यसरी दुव्र्यसनमा फसेको बताउँछन् । उपचारमा आएकामध्ये अधिकांश महिलाहरू ५० प्रतिशत आफ्ना केटा साथीकै कारणले लागूऔषध लिन बाध्य भई लतमा फसेको बताउने गरेका छन् । नेपालमा बर्षौदेखिको लागूपदार्थ दुव्र्यसनको समस्या कम होइन बरु बढेको देखिएको छ । कारण जे भएपनि गलत प्रेमी छान्न पुग्दा वा पुरुषको लहैलहैमा लाग्दा नै महिलाहरू दुव्र्यसनमा फसेका छन् ।

नेपालमा बर्षौदेखि यो समस्या प्रमुख चुनौतिको रूपमा रहँदै आएको छ । भोलिका कर्णधार तथा नेपाल बनाउने युवाहरू नै कुलतमा फसेको अवस्थाले चिन्ता थपिएको छ । दुव्र्यसनका कारण परिवार, समाज र देशलाई नै असर पुगेको छ । त्यसमाथि पछिल्लोसमय महिलाहरू समेत दुव्र्यसनमा परेको सुन्दा नेपाल जस्तो मुलुकका लागि आश्चर्यको बिषय वनेको छ । करिब १५ प्रतिशत महिलाले आफूले लागूऔषध लिने महिलालाई चिनेको र उनीहरूसंग घुलमिल हुँदाहुँदै उनकै देखासिकी गरी लागूऔषध लिन थालेको र दुव्र्यसनमा फसेको बताउने गरेका छन् । यसले के देखाउँछ भने लागूऔषध दुव्र्यसन साथीभाईको लहैलहैमा लागेर हुने प्रमुख समस्या र चुनौतिको विषय हो । करिब ५ प्रतिशत महिलाले आफूले विवाहअघि कहिल्यै लागूऔषध नलिएको तर विवाहपछि पतिले लागूऔषध लिने भएका कारण उनको पटक–पटकको अनुरोधपछि आगूऔषध लिन थालेको प्रतिकृया दिएका छन् । यसले के देखाउँछ भने लागूऔषधको मूल समस्या भनेको देखासिकी, सम्बन्ध र सम्पर्क हो । जुनसुकै कारणबाट लागूऔषधको दुव्र्यसनमा फसेको भएपनि महिलालाई दुव्र्यसनमा पार्न पुरुषहरूकै प्रत्यक्ष–अप्रत्यक्ष भूमिका देखिएको छ । गलत पुरुषको संगतमा परेका कारणले नै अधिकांश महिला दुब्व्र्यसनको समस्यामा परेको देखिन्छ । यो गंभीर चिन्ताको कुरा हो । हाम्रो नेपाल अहिलेपनि पुरुष प्रधान समाज हो । नयाँ नेपाल भनिएपनि पुरुषबादी चिन्तन र सोँच हावी छ । जसका कारण दुव्र्यसनमा परेका महिलालाई परिवारले इज्जत जाने डरले उपचारमा नलैजाने बरु घरमै राख्ने गरेको देखिएको छ । फलस्वरूप उनीहरूको जीवन झनै कष्टकर हुने गरेको छ । महिलाहरू पुरुषभन्दा बढी घरायसी हिंसाको शिकार हुन पुग्ने गरेको पाईएको छ । उनीहरूलाई शारीरिक यातना दिने काममा बृद्धि भैरहेको घटनाक्रमले देखाउने गरेको छ । पुरुषको तुलनामा महिलालाई दुव्र्यसनबाट बाहिर निकाल्न पनि कठिन हुने गरेको देखिएको छ । एउटी महिलालाई छोरी, बुहारी, आमा भएर विभिन्न समयमा विभिन्न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ तर दुव्र्यसनमा परेका महिलाले समाजमा उपेक्षा गरेझैं त्यो भूमिका निभाउन सक्दैनन् । त्यो काम दुव्र्यसनमा परेका महिलाका लागि झनै चुनौतीपूर्ण हुने गर्दछ । अतः महिलालाई दुव्र्यसनमा पर्नै नदिनु बुद्धिमत्ता हो । यसतर्फ देश, परिवार, समाज सवैले सोच्नु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?