Butwal Today

१ करोड ४९ लाखको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

११ चैत्र २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय विजय लम्साल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लम्साललाई आइतबार काठमाडौं-२ लाजिम्पाटबाट पक्राउ गरेका थिए।

खगेन्द्रबहादुर सोपले उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गराएका थिए। १ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा दर्तापछि उनी फरार थिए। लम्सालको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत चार वटा मुद्दा दर्ता छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?