ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

हुलाकी राजमार्गको काम चैत मसान्तभित्रै

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

बाँके, ११ चैत ।

राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९१ प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी ९ प्रतिशत काम यहि चैत्र महिनाभित्र सम्पन्न हुने भएको छ ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनी मिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको छ ।

विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्र पूरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख ई. लिला बहादुर भण्डारीले बताए । हाल एक किलोमिटर मात्र कालोपत्र गर्न बाँकी रहेको भन्दै उनले पहिलो सिङ्गल कालोपत्रको काम दुई दिनभित्र सम्पन्न हुने योजना प्रमुख ई.भण्डारीले बताए ।

सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीहरू समेत पानीको अभावमा भारतको एसएसबी क्याम्पबाट पानी ल्याएर खान बाध्य छन् । स्थानीय सरकार राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले स्रोत अभावका कारण समस्या समाधान गर्न नसकेको बताउँदै प्रदेश र संघ सरकारले पहल गर्नुपर्ने जनाइएको छ । दाङ जिल्लामा भारत नेपाल छोएका २२ वटा स्थान रहेका छन । सबैजसो नाकाबासीहरू खानेपानीको अभावमा रहेका छन । केही नागरिक समस्याका कारण बिस्तापित हुन थालेका छन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले आधारभूत तहमा खानेपानीको पहुँच सुनिश्चित गरेको दाबी गर्दै आएका छन । उनले प्रदेशमा ९२ प्रतिशत जनतालाई खानेपानी पहुँचमा ल्याएको जानकारी दिएका छन ।

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकार स्थापनाअघि र अहिलेको खानेपानी पहुँचबीच स्पष्ट तुलना गर्न सकिन्छ । ‘प्रदेश सरकारले सघन रूपमा योजना अघि बढाएको छ । अब आधारभूत पानी मात्र होइन, स्वच्छ पानी पु¥याउने संकल्प सरकारको छ,” उनले भने ।

प्रदेशभर तीन हजार १७० साना तथा ठूला खानेपानी आयोजना सञ्चालनमा रहेको पनि आचार्यले बताए । हालसम्म १५ लाख ७ हजार ६६३ जनाले शुद्ध खानेपानी पाएका छन् भने २ लाख ३७ हजार ३४८ धारा वितरण भइसकेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा १,३९० आयोजनाका लागि एक अर्ब ५६ करोड ३३ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ यसले नाकाबासीको समस्या सम्बोधन गर्छ ’– उनले भने । अघिल्ला सरकारको पालामा सुरु भए पनि ८० प्रतिशत मात्र सम्पन्न भएका १५६ खानेपानी योजनाहरू यस वर्ष पूरा गरेर पानी वितरण गर्ने सरकारको लक्ष्य छ । यसबाट थप ७ लाख ७ हजार उपभोक्ता लाभान्वित हुने अनुमान गरिएको छ । साथै, आगामी वर्ष ६०–८० प्रतिशत सम्पन्न भइसकेका योजनाहरूमा बजेट थप गरी पूरा गरिने मुख्यमन्त्री आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?