ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

सरकारः लोडसेडिङको अवस्था नआओस्

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

देशभरिका औद्योगिक प्रतिष्ठानमा फेरी दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने विद्युत प्राधिकरणको भनाईले औद्योगिक क्षेत्रमा चिन्ता थपिएको छ । नेपाल विद्युत प्राधिकरणले मुलुकका औद्योगिक क्षेत्रमा केही दिनभित्रैमा लोडसेडिङ हुने भनेपछि कोरानाकालबाट बल्लबल्ल माथि उठ्न खोजेको देशको औद्योगिक क्षेत्र फेरी समस्यामा पर्ने भयले त्रसित हुने अवस्था उत्पन्न भएको छ । त्यसो त पछिल्लोसमय उर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबीचको द्वन्द्वले पनि विद्युत विकासमा अवरोध देखिएको र त्यसकै फलस्वरूप लोडसेडिङको समस्या थपिने भन्दै चिन्ता बढेको छ । सार्वजनिकरूपमै मन्त्री र कार्यकारी निर्देशकबीच देखापरेको द्वन्द्वले समग्र औद्योगिक क्षेत्रमा समस्या निम्तिनु राम्रो होइन । कारण जेसुकै होस् सरकारका जिम्मेवार मन्त्री र पदाधिकारी राज्यका निकायहरूकै साख र स्तर गिर्ने हदसम्म यसरी सतहमा विवादमा आउनु चिन्ताको कुरा हो । अस्वस्थ द्वन्द्वमा संलग्न भएर मन्त्री दिपक खड्का र कार्यकारी निर्देशक कुलमान घिसिङ दुवैले आ–आफ्नो पदको गरिमा कायम राख्न नसक्नु विडम्वना हो । मन्त्री खड्काले घिसिङ्लाई हटाउन स्पष्टीकरण सोधेको सोध्यै गर्ने जुन अन्तिम हदसम्मको प्रवृत्ति देखापरेको छ, मुलुकका लागि यो प्रवृत्ति घातक छ । खड्का र घिसिङबीचको विवादको ‘ताप’ मुलुकको औद्योगिक क्षेत्रले विशेषगरी ऊर्जा क्षेत्रले भोग्नुपर्ने अवस्था आउनु दुःखको कुरा हो । कार्यकारी निर्देशक घिसिङ्ले प्राधिकरणको हितका लागि अडान राख्नु अनुचित वा अस्वाभाविक होइन । विगतमा मुलुकमा लोडसेडिङ अन्त्य गर्नमा कुलमान घिसिङको ठूलो योगदान छ । उनको योगदानलाई अवमूल्यन गर्ने काम कदापि राम्रो होइन । अवको दिनमा भारतबाट बिजुली ल्याएर भएपनि लोडसेडिङ गर्ने अवस्था नआओस् भन्नेतर्फ सरकारले अव पहल गर्नु जरुरी छ । परराष्ट्र मन्त्री डा. आरजु राणाले त्यसका लागि पहल गरेकी छिन । त्यसैपनि मुलुकको औद्योगिक क्षेत्रको अवस्था अहिले राम्रो छैन । कोरोना कालपछि थलिएको यो क्षेत्रले अव विस्तारै गति लिने आशा एवं अपेक्षा गरिएको थियो तर ठिक यही बेला लोडसेडिङको मार खेप्नुपर्ने चुनौति सिर्जना भएको छ । लोडसेडिङको अवस्था आउन नदिन सरकार र स्वयं विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको हैसियतले कुलमान घिसिङले प्रयत्न गर्नुपर्दछ । त्यसै त अहिलेपनि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ छ । अघोषित लोडसेडिङकै कारण उद्योगहरू प्रभावित हुन थालेका छन् । छिनमै बिजुली आउने र जानेक्रम सुरु भैसकेको छ । ठूला उद्योगहरू विजुलीको यो अनियमितताले उत्पादनमा कटौती गर्न बाध्य वनेका छन् । विद्युत प्राधिकरण यस विषयमा अहिलेसम्म मौन छ । निश्चितरूपमा अघोषित लोडसेडिङले उद्योगी व्यवसायीलाई गंभीर धक्का लाग्दछ । खासगरी ठूला उद्योग जसले उच्च बिजुलीको प्रवाहमा उपकरणमा ताप उत्पन्न गर्नुपर्दछ ती उद्योग विजुली आउने भैरहँदा उनीहरूलाई समस्या हुने गरेको छ । तसर्थ लोडसेडिङ गर्नुपर्ने हो भने प्राधिकरणले स्पष्ट गर्नुपर्दछ । होइन भने अघोषित लोडसेडिङले केवल समस्यामात्रै निम्त्याउने छ । अघोषित लोडसेडिङले उद्योगीलाई तनावमा पारेको छ नै विद्युतीय उपकरण बिग्रने जोखिम पनि बढाएको छ ।
बर्षायाममा नेपालमा बढी उत्पादन भएको बिजुली भारत निकासी गरेर बैदेशिक मुद्रा आर्जनमा ठूलो सहयोग पुगेको भनिएको छ तर दुई महिना नहुँदै फेरी नेपालमा विजुली अपुग भन्दै भारतबाट विजुली किन्नु परिरहेको छ । यो कस्तो प्रकारको बिजुली खपतको तादात्म्य हो ? जनताले प्रश्न गर्न थालेका छन् । जेहोस जसरी भएपनि नेपालका उद्योगीलाई आवश्यक विजुली प्रवाह गर्न नेपाल विद्युत प्राधिकरणको ध्यान जाओस् । त्यसै त नेपालमा आर्थिक संकट छ । भएका उद्योग कारखाना वन्द अवस्थामा छन । त्यसमाथि लोडसेडिङ र विद्युत अनियमितताले झनै समस्या हुने अवस्था छ । विद्युत प्राधिकरणले अहिले नै यसको आँकलन गरेर उद्योग क्षेत्रलाई लोडसेडिङ मुक्त गराउनेतर्फ प्रयास गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?