ट्रेंडिंग:

>> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो

सेयर बजारमा सोमबार वृद्धि, नेप्से परिसूचक १.१६ प्रतिशत बढ्यो

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

काठमाडौं, ११ चैत ।

अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ। बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३०.५२ अंक (१.१६ प्रतिशत) बढेर २,६४५ अंकमा कायम भएको छ।

यो वृद्धिपछि बजारले सशक्त गति लिएको देखिन्छ। कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११:१९ बजेसम्म २,५९३ अंकसम्म झरेको थियो, तर त्यसपछि बजारले बढ्दो गति समातेको थियो र अन्तिमसम्म यो वृद्धि कायम रह्यो।

चैत ३ यता ६ दिन लगातार घटेको बजार सोमबार सुधार भएको हो। फागुन १९ गतेदेखि ओरालो लागेर २८ गते एक दिनको वृद्धि भएको थियो।

यद्यपि, बजारको परिसूचक बढ्दा पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ४८ करोडको कारोबार भएको छ। २१० कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ।

सोमबार सबै सेक्टरका सूचक बढेका छन्। फाइनान्स सेक्टर सबैभन्दा बढी ३.७५ प्रतिशत बढेको छ, भने बैंकिङ ०.९२ प्रतिशत, विकास बैंक ०.७८ प्रतिशत, होटल तथा पर्यटन १.१६ प्रतिशत, हाइड्रोपावर १.०० प्रतिशत, लगानी ०.९५ प्रतिशत, जीवन बीमा १.६४ प्रतिशत, उत्पादन ०.८० प्रतिशत, माइक्रोफाइनन्स ०.९० प्रतिशत, निर्जीवन बीमा ०.६१ प्रतिशत, अन्य १.९१ प्रतिशत र व्यापार १.५५ प्रतिशत बढेका छन्।

सेयर बजारमा सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीहरूमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स (९.२९ प्रतिशत), पोखरा फाइनान्स (७.४७ प्रतिशत), समृद्धि फाइनान्स (६.३० प्रतिशत), स्वेतगंगा हाइड्रोपावर (५.६४ प्रतिशत), र रिलायन्स फाइनान्स (५.२२ प्रतिशत) रहेका छन्।

त्यस्तै, अपरहेवाखोला हाइड्रोपावर (४.९२ प्रतिशत), नारायणी डेभलपमेन्ट बैंक (४.०५ प्रतिशत) र युनाइटेड मोदी हाइड्रो (२.९ प्रतिशत) को मूल्य घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सिन्धु विकास कम्पनी शीर्ष पाँचमा पर्न सफल भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?