Butwal Today

प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशको शानदार जित

११ चैत्र २०८१, सोमबार
अ+
अ-

काठमाण्डौं।

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराउँदै शानदार जित हासिल गरेको छ। कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले १ विकेट गुमाएर मात्र २ सय ६१ बलअघि नै पूरा गर्‍यो।

बागमतीका ईशान पाण्डेले २२ रन बनाउँदै टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका निभाए। कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए।यसअघि, दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेश ५८ रनमा सबै विकेट गुमायो। कर्णालीका सुनिल धमलाले १५ रन बनाउँदै सबैभन्दा धेरै रन जोडेका थिए, जबकि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। बागमतीका रिजन ढकालले ५ र सूर्य तामाङले ४ विकेट लिइ कर्णालीको पारी समाप्त पारे।

यो जितसँगै बागमती र कर्णालीले समान ८ खेल खेलेका छन्, र दुवैले ४ खेल जितेर ४ खेलमा हार भोगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?