ट्रेंडिंग:

>> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित)

नाकाका गाउँमा ‘पानी संकट’

राजपुर गाउँपालिका वडा नम्बर १ अन्तर्गतका गुरुङ नाका, पटौली, बरवा, कक्रवा, सुकौली, सिरीया, बिसखबरी लगायतका सात नाकाका नागरिकहरू खानेपानीको चरम संकट भोग्न बाध्य छन् ।
११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

लमही, ११ चैत ।
खानेपानी मानव जीवनको आधारभूत आवश्यकता भए पनि दाङ जिल्लाको देउखुरी क्षेत्रमा पर्ने सिमावर्ती बस्तीहरूमा पानीको अभाव गम्भीर समस्या बनेको छ । राजपुर गाउँपालिका वडा नम्बर १ अन्तर्गतका गुरुङ नाका, पटौली, बरवा, कक्रवा, सुकौली, सिरीया, बिसखबरी लगायतका सात नाकाका नागरिकहरू खानेपानीको चरम संकट भोग्न बाध्य छन् ।
राजपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सूर्य चौधरीका अनुसार गुरुङ, पटौली र बरवा नाकाका लागि प्रदेश सरकार र भूमिगत जलस्रोत कार्यालयमार्फत सर्वे गरिए पनि समस्या समाधान हुन नसकेको बताए । अन्य नाकाका स्थानीय बासिन्दाहरू भारतको सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पबाट पानी ल्याएर गुजारा गरिरहेको बताउँछन ।
“हामी नेपाली भूमिमा बसेर पनि भारतको पानी खान बाध्य छौं । गाईवस्तुले खाने खोलाको पानी पिउनुपरेको छ, “स्थानीय विमला सुनारले दुःख व्यक्त गरिन् । गुरुङनाका निवासी धनबहादुर रोकाका अनुसार, “हाम्रो वस्तिमा पूर्वप्रधानमन्त्रीदेखि संचारमन्त्रीसम्म आए, तर खानेपानीको समस्या अझै ज्यूँका त्यूँ छ ।’

योजना प्रमुख ई. भण्डारीका अनुसार यही चैत ३० गतेभित्र सम्पूर्ण खण्डमा कालोपत्र सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनीले रु. दुई अर्ब ७८ करोड २९ लाखमा ठेक्का लिएको थियो । योजना प्रमुख ई. भण्डारीले भने आगामी मङ्सिर २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले निर्धारित समयभन्दा अघि काम सम्पन्न गर्न लागेको बताए ।नेपालगञ्ज–गुलरिया हुलाकी सडकको कूल लम्बाइ २७ दशमलव छ किलोमिटर रहेको छ । जसमध्ये ११ दशमलव ६ किलोमिटर चार लेनमा निर्माण गरिएको योजना प्रमुख ई. भण्डारीले बताए । उनका अनुसार बाँकी १६ किमी खण्डको दुई लेनमध्ये करिब तीन किमी डबल कालोपत्रे गर्न बाँकी छ । निर्माण कम्पनीले तीव्र गतिमा कार्य गरिरहेकाले सम्झौताअनुसार तोकिएको समयभन्दा अघि पूर्ण रूपमा कालोपत्र हुने उनले विश्वास व्यक्त गरे । सडक सम्पन्न भएसँगै नेपालगञ्ज–गुलरिया यात्रा छिटो, सहज र सुरक्षित हुने उनको भनाइ छ । साथै लामो समय देखि साँघुरो बाटो र कठिन यात्रा सहज भएको बढैयााताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । उनले भने बाँके र बर्दियाका जनताहरू बर्षौ देखि बाटोको असहजता झेल्दैको थिए तर देश विकासमा मोडिए पछि सबैतिर सहज भएसँगै यहाँका जनताहरूलाई पनि नेपालगंज गुलरीया ओहोरदोहोर गर्न सहज भएको छ । पहिला बाटो साँघुरो हुँदा नेपालगंज गुलरिया ओहोर दोहोर गर्न धेरै समय लाग्ने गरेको थियो तर बाटो ४ लेनको निर्माण भए सँगै सजिलै नेपालगंज देखि गुलरिया युग्न निकै सहज भएको पालिका अध्यक्ष त्रिपाठीले बताए ।

दैनिक घर देखि नेपालगंज कार्यालय पुग्न निकै सहज भएको बढैयाताल गाउँपालिका ५ का लक्ष्मण थारुले बताए । उनी जुत्ता कम्पनीको गाडी चलाउनको लागि दैनिक ओहोरदोहोर गरिरहेको बताए । पहिलाको तुलनामा र अहिलेको तुलनामा बाटो राम्रो भएकोले समय र मोटरसाईकलको तेल दुबै बेच्नेको छ । पहिला बाटो खराबको कारणले मोटरसाईकल बिग्रीने, दुर्घटना हुने दर र धुलोले हैरान बनाएको थियो तर अहिले सबै हटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?