ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

दाङको प्लाइ उद्योगमा आगलागी, ५० करोड बढी नोक्सानी भएको अनुमान

११ चैत्र २०८१, सोमबार
११ चैत्र २०८१, सोमबार

दाङ ,११ चैत । दाङको सांग्रिला प्लाइ उद्योगमा आइतबार रातिदेखि भएको आगलागीले उद्योगको कच्चा पदार्थ र मेसिन पूर्णरूपमा जलेर नष्ट भएको छ । जिल्लामा पर्याप्त वारुणयन्त्र नभएका कारण आगो निभाउन १८ घण्टाभन्दा बढी समय लाग्यो । ७ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा भएको आगलागीबाट ५० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आगोले उद्योग आसपास रहेका दुई वटा घर र एउटा गोठमा सामान्य क्षति पु¥याएको छ ।

आइतबार मध्यरात मस्त निद्रामा थिए । स्थानीय गिरिराज रोका चर्पी जाने भनेर १ बजे बाहिर निस्कीएका थिए । प्लाइ उद्योगसँगै सटेको घर भएका रोका बाहिर निस्कँदा उद्योगमा दनदनी आगो बलिरहेको थियो । रोकाको होस हवास उड्यो । उनले दौडदै उद्योगका सुरक्षा गार्डलाई खबर गरे ।

हतार हतार विभिन्न ठाउँमा खबर गर्न थालियो । पालिकासँग रहेका दमकललाई खबर भयो । रातको समय साढे दुई बजे पहिलो दमकल आइपुग्यो । नेपाल प्रहरी पनि आगलागी स्थलमा पुग्यो । अन्य सुरक्षा निकाय सशस्त्र प्रहरी नेपाली सेना पनि थपिए । आगोले झन उग्ररुप देखाइसकेको थियो ।

उद्योगमा रहेको चिम्नी पड्किने हल्लाले केहीबेर स्थानीयहरूको भागाभाग भयो । उद्योगसँगै रहेका घरहरूमा आगो फैलिने जोखिम रहेका कारण सुरक्षाकर्मीको ध्यान त्यतातर्फ लाग्यो । दमकल र सुरक्षाकर्मी थपिँदै गए । घरबाट सामान बालबच्चा लिएर मानिसहरू खुला चौरमा आधारात कटाए । सानो पूँजीबाट २०६३ सालदेखि सुरु गरेको प्लाइ उद्योग जलेर खरानी भयो ।

१८ वर्ष पहिले स्थापना भएर विकसित हुँदै गएको उद्योगमा दैनिक ७ सय जनाले रोजगारी पाएका थिए । उत्पादित सांग्रिला प्लाइ नेपालका सबैजसो जिल्लामा पुग्थ्यो पछिल्लो दुई वर्षदेखि भारत–चीन निर्यात हुँदै आएको थियो । आफैंमा ठूलो उद्योग र त्यहाँ रहेका ज्वलनशील प्लाइ, काठजन्य वस्तु, मेसिन तथा औजारहरू रहेका कारण सल्किएको आगो निभाउन समयमै सम्भव भएन । जिल्लामा पर्याप्त मात्रामा दमकल नभएकै कारण कपिलवस्तु, बाँके र बर्दियाबाट दमकल मगाउनु पर्यो । ५० करोडमाथिको क्षति भएको प्रारम्भिक अनुमान छ ।

गए राति भएको यो आगलागीका कारण उद्योगीले करोडौं रुपैयाँ गुमाएका छन् भने प्रत्यक्ष ७ सय जनाले रोजगारी गुमाएका छन् । उद्योग आसपास रहेका दुई वटा घर र एउटा गोठमा सामान्य क्षति भएको छ । बाह्य जोखिम टरे पनि उद्योगमा लागेको आगो पूर्णरूपमा अझै नियन्त्रणमा आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?