ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

विश्व पानी दिवसमा अन्तरक्रिया

१० चैत्र २०८१, आइतबार
१० चैत्र २०८१, आइतबार

कपिलवस्तु,  ९ चैत्र
‘हिमनदी संरक्षण’ भन्ने मुल नाराका साथ आज कपिलवस्तुमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पानी दिवस मनाईएको छ । दिवशको अवसरमा मायादेवी गाउँपालिका वडा न. ८ को बिजुवा स्थित विजुवा सामुदायिक भवनमा पालिकास्तरको अन्तरक्रिया गरिएको छ । मायादेवी गाउँपालिकाको आयोजना तथा ईस्लामिक रिलिफ नेपाल- लुम्बिनी एकिकृत विकास सस्था (लिडो नेपाल) को समन्वय तथा सहजीकरणमा खानेपानीको औचित्य, महत्व, घरायसी स्तरमा पानी शुद्धीकरणका विधिहरु र पानीजन्य रोगहरुको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा पालिकाका स्थानिय सहित विजुवा कृषक समुहका सदस्यहरु र अन्य स्थानीय समाजसेवी , बुद्दिजिविहरुको उपस्थिती रहेको थियो । पानीको संरक्षण र प्रयोगमा सचेतना प्रवाह गर्न कार्यक्रमले भुमिका खेल्ने मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले बताए ।

‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाउन थालिएको कार्यक्रमले नागरिकमा पानीको संरक्षण र प्रयोग बारे सचेतना प्रवाह गर्ने मायादेवी गाउँपालिकाका वास शाखाका प्रमुख श्याम कुमार बिश्वकर्माको भनाई थियो । पानी शुद्धिरकण तथा पानीजन्य रोग बारे नागरिकस्तरमा सचेतनाका लागी कार्यक्रम प्रभावकारी हुने कार्यक्रमका सहजकर्ता लिडो नेपालद्वारा सञ्चालित पिआरभिसी परियोजनाका संयोजक शरदचन्द्र केसीले बताए । पानीको श्रोत सुक्दा आगजनीको घट्ना बढदै गएको, डिप बोरिगंले पानीको श्रोत प्रभावित भएको, धान र गहुको ठुटोमा आगजनी गर्दा माटोमा कडापना आई पानी कम सोस्ने गरेको केसीले बताए । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा दिवशमा आयोजित अन्तरक्रियाले सचेतना प्रवाह गर्ने कार्यक्रममा बताईएको थियो । आगलागी र यसको असरको सम्बन्धमा छलफल गरि सबैले आ आफ्नो स्थानबाट आगलागी न्युनिकरणको लागि भुमिका खेल्नु पर्ने मायादेवी वडा न.८ का वडा अध्यक्ष मुस्तकिम अहमद मुसलमानले बताए । कार्यक्रमका सहभागीले बालीनालीको ठुटामा आगो नलगाउने प्रतिबद्धता जनाएका थिए ।

सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीति सहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?