Butwal Today

नेप्सेले देखाएन बढ्ने छाँट, ५४.६२ अंकले घट्यो

१० चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं, १० चैत ।

आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ५४.६२ अंकले घटेर २६१४ अंकमा पुगेको छ। बजार खुलेदेखि नै गिरावटको ट्रेन्ड देखियो र कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको छ।

बजारमा कुल १३ कम्पनीको मूल्य बढे पनि २३० कम्पनीहरूको मूल्य घटेको छ। सबै प्रमुख सेक्टरका सूचकहरू घटेका छन्। बैंकिङ १.४७ प्रतिशत, विकास बैंक २.४२ प्रतिशत, फाइनान्स २.९९ प्रतिशत, होटल तथा पर्यटन २.२३ प्रतिशत, हाइड्रोपावर २.३३ प्रतिशत, लगानी २.०५ प्रतिशत, जीवन बीमा १.८५ प्रतिशत, उत्पादन र प्रशोधन १.४६ प्रतिशत, माइक्रोफाइनान्स २.३६ प्रतिशत, निर्जीवन बीमा २.०७ प्रतिशत, अन्य १.७४ प्रतिशत र व्यापार २.८५ प्रतिशत घटेका छन्।

यस दिन डिवेन्चर कम्पनीहरूका मूल्य बढ्ने क्रममा देखिएका छन्। आईसीएफसीडी ८८ को ३.८९ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोको २.८ प्रतिशत, एनआईसीएडी ८२८३ को २ प्रतिशत र एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढेका छन्।

अर्कोतर्फ, मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। भूगोल इनर्जीको ७.२ प्रतिशत, सयपत्री हाइड्रोको ६.४ प्रतिशत, मायाखोला हाइड्रोको ५.६६ प्रतिशत र अपरसोलु हाइड्रोको ५.४६ प्रतिशत मूल्य घटेको थियो।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर र सिन्धु विकास बैंक अग्रणी कम्पनीहरू थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?