Butwal Today

वेपत्ता भारतिय नागरिकको शव भेटियो

१० चैत्र २०८१, आइतबार
अ+
अ-

पाल्पा, चैत १० । भारतीय नागरिकको शव कालीगण्डकी नदीमा भेटिएको छ । भारत उत्तर प्रदेश गोरखापुरका २५ वर्षिय शिवम पाण्डे ४ दिन अघि डुवेर वेपत्ता भएका थिए ।

पोखरा घुमेर फर्किने क्रममा स्याङजा र पाल्पाको सिमानामा पर्ने राम्दीको कालीगण्डकी नदीमा दिउसो नुवाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

कालीगण्डकी नदीमा नुहाउने क्रममा असावधानीको कारण नुवाउदा डुब्ने क्रम बढदो रहेको प्रहरीको दाबी छ ।