Butwal Today

वीरगञ्ज सुक्खा बन्दरगाहबाट भन्सार कार्यालयले ८ महिनामा ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गर्यो

१० चैत्र २०८१, आइतबार
अ+
अ-

पर्सा ।

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँको राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले उक्त कार्यालयलाई वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँको राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ।

कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार, पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ। यस वर्षका विभिन्न महिनामा भन्सार कार्यालयले क्रमशः ३ अर्ब ७५ करोड, ४ अर्ब ६४ करोड, ४ अर्ब ३६ करोड, ३ अर्ब ७९ करोड, ३ अर्ब २२ करोड, ३ अर्ब ५६ करोड, ४ अर्ब २९ करोड र ४ अर्ब ६८ करोड रुपैयाँको राजस्व सङ्कलन गरेको हो। सबैभन्दा बढी राजस्व फागुन महिनामा सङ्कलन भएको छ।