ट्रेंडिंग:

>> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति

नेकपा एसको रूपन्देही अधिवेशन शुरु ‘पुर्नउत्थानवादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप’

१० चैत्र २०८१, आइतबार
१० चैत्र २०८१, आइतबार

बुटवल, १० चैत ।
नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिले सहि दिशा लिन नसक्दा पुर्नउत्थानवादी शक्तिहरू सलबलाएको बताएका छन् । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनतर्फ लक्षित गर्दै अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको बताए ।
नेकपा एकिकृत समाजवादी रूपन्देहीको १० औं जिल्ला अधिवेशनको उद्घाटन समरोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् । उनले नेपालबाट राजतन्त्र घाटमा सेलाईसकेकाले त्यो ब्यूझिएर आउन सम्भव नरहेको बताउँदै यसका लागि गणतान्त्रिक शक्तिहरूमा सुधारको खाँचो रहेको औल्याए । कुशासन र बेरोजगारी समस्याका कारण पुर्नरउत्थान र पपुलिष्ट शक्तिहरूको स्वर चर्को भएको भन्दै यसका लागि सरकार र मुख्य राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने उनको भनाई छ । महासचिव भुसालले राजनीतिक रूपमा गणतन्त्रको रक्षाका लागि हस्तक्षेप नगरे नेपालको दुरदर्शा हुने खतरा रहेको बताए । उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रह समेत गरे ।

‘कुनै जमाना यस्तो थियो, ओली जी रिसाएर हेर्दा मान्छे जलेर भष्म हुन्थेँ’ महासचिव भुसालले भने –‘तर आज बोल्न त नसक्ने दिन आयो नै, झ्याल खोलेर हेर्न नसक्ने दिन आयो, यो सामान्य कुरा होईन।’ उनले अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, काँग्रेस सभापती शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दम्भ र घमण्ड त्याग्नुपर्ने बताए । ‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो संकट यसै जानेवाला छैन’ महासचिव भुसालले भने –‘रोजगारीको र सुशासन कायम गर्ने ग्यारेन्टी गर्ने ऐजेन्डामा आउनुस् ।’ नेकपा एकिकृत समाजवादीले मुलुकमा भएको अस्तव्यस्ताबाट बाहिर निकाल्न र गणतन्त्रको रक्षाका लागि चैत १ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको बताउँदै त्यसैको आधारमा राष्ट्रिय ऐजेन्डामा आउन उनको आग्रह छ । उनले १० बर्षमा रोजगारी सृजना गरी राष्ट्रिय पूँजीको विकास गर्ने र मुलुकमा भ्रष्टाचार नगर्ने गरी राष्ट्रिय ऐजेन्डा बनाउन सर्वदलीय सम्मेलनको प्रस्ताव गरेको समेत बताए । मुख्य तीन दलका नेताहरूप्रति संकेत गर्दै भुसालले भने ‘यिनीहरूले अहिले सुन्दैनन, दम्भ, घमण्डले सुन्दैनन’ उनले भने –‘जब अराजनीतिक मान्छेहरूले लखेट्न थाल्छन् बल्ल बुझ्छन् ।’ उनले बाहिरबाट हेर्दा सारा नेपाल बौलाएजस्तो देखिएको बताउँदै मुख्य समस्या गरिवि, बेरोजगारीले जन्माएको निराशाको परिणाम भएको बताए ।

राजनीतिले राजनीति, राज्यले दायित्व बिर्सेपछि उल्का हुने गरेको बताए । उनले अहिले पनि वर्तमान अवस्थालाई दुइतिहाईको सरकारले नबुझ्ने हो भने राजावादी वा पुनउत्थानबादीहरू थप सक्रिय हुने बताए । ‘रोजगारी र सुशासन नै अबको आन्दोलन हो, हामी त्यसैक लागि आन्दोलनको मैदानमा होमिएका छौं’ उनले भने । उनले अहिले आफूहरू आन्दोलनको मैदानमा सबैलाई आउन आह्वान गरेको बताउँदै हण्डर ठक्कर खाएपछि नेकपा एमाले, काँग्रेस पनि, माओवादी पनि एकै ठाउँ आउने बताए ।एकिकृत समाजवादीको आन्दोलन लामो यात्राका लागि तय भएको बताउँदै ग्रिन सिंग्नलका लागि नभएको उनले बताए । ‘अब सत्तामा गएर दुईवटा मन्त्री लिएर बस्दैन, जनतामा जान्छ, एक्लै आन्दोलनको शुरुवात गर्ने हो’ उनले भने । उनले वामपन्थी र कम्यूनिष्टहरूसँग सडकको यात्रामा भेट हुने बताए । उनले राष्ट्रिय पूजीको विकास गर्दैै समाजवादमा जाने यात्रामा सडकमै एकता र सहकार्य हुने बताए । उनले आफूहरूको कार्यक्रममा मुलुकको राजनीति आउने समेत दावी गरे ।यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणी चौधरीले संविधानको रक्षाका लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए । उनले अहिलेको राजनीति पनि आफूहरूको पार्टीकै वरिपरि घुमेको बताए ।

यस्तै सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली बिशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरूको भएको बताए । उनले नेपाली बिशेषताको समाजवादको कार्यक्रम, त्यसबाट समृद्धि र कम्यूनिष्ट एकताको कुरा गरेको बताए ।अधिवेशन उद्घाटन सत्रमा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्यहरू नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुलले आफूहरूको ऐजन्डा ठिक भएकाले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।  यस्तै कार्यक्रममा नेकपा मालेका स्थायी कमिटि सदस्य गोपालमणि भट्टराई, पूर्व सांसद रामचन्द्र भट्टराई, नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेकपा माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जिसि, नेकपा रूपन्देहीका अध्यक्ष शरद वली, राष्ट्रिय जनमोर्चा रूपन्देही अध्यक्ष टानबहादुर केसी,रास्वपा रूपन्देही सचिव विष्णु प्रसाद पौडेल लगायतले बोल्दै अधिवेशन सफलताको शूभकामना दिएका थिए । समाजवादीको शनिबार उद्घाटन सत्र र आईतबार बन्दसत्र हुने कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । आईतबार बन्दसत्रमा सांगठिक लगायतका विभिन्न प्रतिवेदन र प्रस्तावहरूमाथि छलफल गरी नयाँ नेतृत्व चयन गर्ने उपसचिव टंक पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?