Butwal Today

ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्,बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा

१० चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दाबी गरेका छन्। पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न योग्य व्यक्ति नभएको र भविष्यमा त्यस्तो सम्भावना नभएको बताए।

देउवाले भने, “ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।”

साथै, उनले पार्टीका नेता र कार्यकर्तालाई गणतन्त्रको पक्षमा एकजुट भएर लाग्न निर्देशन दिएका छन्, र कुनै पनि हालतमा पूर्वराजा संवैधानिक राजा बन्ने कुरा असम्भव रहेको तर्क गरे।