Butwal Today

गृहमन्त्री रमेश लेखकको विवाहको उमेर घटाउने प्रस्ताव

१० चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं, १० चैत।

गृहमन्त्री रमेश लेखकले विवाहको उमेर घटाउने प्रस्ताव गरेका छन्। आइतबार प्रतिनिधि सभाको कानुन समितिको बैठकमा गृहमन्त्री लेखकले विवाहको उमेर घटाएर पनि जाने पक्षमा आफ्नो धारणा प्रस्तुत गरे।

‘मलाईचाहिँ विवाहको उमेर घटाएर जाँदा पनि हुन्छ जस्तो लाग्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने। उनले बालबालिकासम्बन्धी ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको जानकारी पनि दिए।गृहमन्त्री लेखकले थपे, “मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भइरहेको छ, तर यो लेख्ने, त्यो लेख्ने भन्ने कुरा भएको छैन।”

अहिलेको कानुनी प्रावधानअनुसार विवाहको लागि योग्य उमेर २० वर्ष तोकिएको छ। बैठकमा केही सांसदहरूले विवाहको उमेर घटाउने आवश्यकतामा पनि आफ्नो धारणा राखेका थिए।