ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

डढेलो नियन्त्रणका लागि ३ तहका सरकारको समान दायित्व हुनुपर्ने

१० चैत्र २०८१, आइतबार
१० चैत्र २०८१, आइतबार

बुटवल ९ चैत्र । डढेलो नियन्त्रणका लागि तिन तहका सरकारको समान दायित्व हुनुपर्ने बुटवलमा आयोजित कार्यक्रममा औल्याइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देही र सामाजिक परिवर्तन केन्द्रले संयुक्त रुपमा आयोजना गरेको संबाद कार्यक्रममा बोल्ने सरकारवालाहरुले आपसी समन्वय र सहकार्यले मात्रै डढेलोबाट हुनसक्ने क्षतिलाई न्यूनिकरण गर्न सकिने बताएका हुन ।

जंगली जनावरको शिकार गर्ने, च्याउ खोज्ने जाने, लागु औषध प्रयोगकर्ता तथा वन संग रुष्ट समूहका कारण बन जंगलमा डढेलो लाग्ने गरेको भन्दै उनीहरुले समूदायको सकृृयता बढाउदै आगो लगाउनेलाई कानूनको दायरामा ल्याउनु पर्नेमा जोड दिए ।

चुरे क्षेत्रका बन डेढेलोको उच्च जोखिममा रहेको भन्दै उनीहरुले डढेलो नियन्त्रण गर्ने सामूदायिक बनका पदाधिकारी तथा सदस्यहरुको मात्रै दायित्व हो भन्ने मानसिकता ल्याग्न आग्रह गरे । कतिपय सामूदायिक वनले जंगललाई आगालागीबाट जोगाउन अनुकरणीय कार्य गरेको भन्दै राम्रा अभ्यासहरुलाई अन्य सामूदायिक बनले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभामा कृषि बन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले प्रदेश भित्रका बनलाई डढेलोबाट जोगाउन सकिएन भने यसले जैविक विविधतामा असर पुग्ने भएकोले सरकार र समूदायबीच सहकार्य आवश्यक रहेको बताए । उनले वनमा लाग्ने आगो नियन्त्रण गर्नका लागि प्रदेश सरकारले ८ देखि २५ लाख सम्मको बजेट विनियोजन गरेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत प्रविण विडारीले बन जंगलमा आगालागीका घटना ९९ प्रतिशत लापरवाहीका कारण हुने गरेको भन्दै सरोकारवाला निकायबीचको आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

सामूदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दिनानाथ आचार्यले सरकारको गलत नीतिका कारण पनि वनमा डढेलो अनियन्त्रित हुने गरेको बताउदै प्राकतिक श्रोत र साधनको सहि प्रयोग आवश्यक रहेको उल्लेख गरे ।

सामूदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष सुमित्रा आचार्यले समूदायले संरक्षण गरेका वनबाट लाभ लिने बेलामा सरकारले अनावश्यक कर को भार थोपरेको भन्दै सामुदायिक कृयासिलता र तिन तहका सरकारको आपसी समन्वय बिना डढेलो नियन्त्रण हुन नसक्ने बताइन ।
कार्यक्रममा फेकोफोनका प्रदेश सदस्य यमवहादुर थापा, स्थानीय महासंघका अध्यक्ष गोपाल आचार्य, जिल्ला सल्लाहकार हुमबहादुर राहदी, बुटवल १ र २ का उपाध्यक्ष जीवलाल पौडेल, स्थानीय महासंघ तिलोत्तमाका सचिव भिमा सुवेदी, जिल्ला सचिव कमला ज्ञवाली, रुद्रपुर सामुदायिक बनका अध्यक्ष हिमाल थापा लगाएतले बोल्दै आफु सम्बद्ध वनमा रहेको डडेलोको जोखिम , नियन्त्रणका लागि अपनाइएको रणनीति तथा सामुदायिक सकृयताका विषयमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?