ट्रेंडिंग:

>> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न

जेआर क्रिकेट क्लबलाई ईलिटको साथ

९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

बुटवल, ९ चैत । ईलिट बिजनेश स्टाफिङ र जितगढी रोयल क्रिकेट क्लबका बिचमा सहकार्यको सम्झौता भएको छ । क्रिकेटमा योगदान दिदै आएको जितगढी रोयल क्रिकेट क्लबलाई वार्षिक सहयोग गर्ने गरि स्टाफिङसंग दुई वर्षका लागि सहकार्य गर्ने सम्झौता भएको हो। ईलिट बिजनेश स्टाफिङका सिईयो विष्णु कार्की र क्लबका अध्यक्ष गंगाराम सुनार बिच सम्झौतापत्रमा सम्झौता भएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १३ का वडाअध्यक्ष नारायण प्रसाद पुनले वडाबाट निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्घता जनाए । कार्यक्रममा क्लबका अध्यक्ष गंगाराम सुनारले क्रिकेट खेल र खेलाडीको विकास गर्ने लक्ष्यसहित क्लब स्थापना भएको बताए । क्रिकेटप्रतिको माया र लगावका कारण आफू निरन्तर सेवाको भावका साथ एकेडेमी चलाउदै आएको उनले बताए । स्थानिय वडाको पहलमा क्रिकेट अभ्यास गर्न मैदान निर्माण गरेको उनले बताए । बुटवलमा नै निशुल्क क्रिकेट सिकाउने पहिलो एकेडेमीका रुपमा आफुहरु रहेको उनले दाबी गरे ।

जिल्लामा क्लब ए डिभिजन लिग समेत खेल्दै आएको उनले बताए । स्टार खेलाडीहरु कुशल भ्रुतेल, सन्दिप जोरा लगायतका धेरै खेलाडी अनुबन्ध गरेर प्रतियोगितामा सहभागी भएको उनले बताए । हाल एकेडेमीमा ढलान गरेको पिचमा अभ्यास भएको उनले बताए । टफ पिचको आवश्यकता रहेको छ । यो बनाउन रोलर, पिच, ड्रेसिङ रुम, पिउनेपानी, शौचालय लगायत अभाव रहेको उनले बताए ।

कार्यक्रममा ईलिट बिजनेश स्टाफिङका सिईयो विष्णु कार्कीले क्रिकेट विकासमा आफुहरु जोडिन पाउदै निककै खुशी ब्यक्त गरे । अष्ट्रेलियामा क्रिकेट एशोसियसनलाई नाईस ग्रुपमार्फत सहयोग गर्दै आएको भन्दै उनले अष्ट्रेलियाकै एक जना नेपाली खेलाडीबाट क्लबको बारेमा जानकारी पाएर सहयोग गर्न तयार भएको बताए। क्रिकेट सिक्ने उमेरमा ब्यवहारिक ज्ञान धेरै उपयुक्त हुने बताए ।

कार्यक्रममा बुटवल क्रिकेट विकास समितिका कार्यबाहक अध्यक्ष रोमित बज्राचार्यले क्रिकेट खेलको जग बसाउने काममा सुनारको योगदानबारे चर्चा गर्दै खेलकुदमा पुर्वाधार र विकासमा सहयोग अभाव रहेको दुखेसो गरे ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंचका रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले क्रिकेट विकासमा निजि क्षेत्रको अगुवाईमा भएको बताए । क्रिकेटको क्रेज, अवसरलाई सदुपयोग गर्ने समय आएको उनले बताए । कार्यक्रममा स्टाफिङका सिटिओ श्रवण पौडेल, जितगढी क्रिकेट क्लबका सचिव नवल गुरुङले शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?