ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक   

९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार
कपिलवस्तु, ८ चैत्र । मानसिक स्वास्थ्य सम्बन्धि समाचार संप्रेषण गर्दा सञ्चारकर्मीहरु थप संवेदनशील हुनु पर्ने बताईएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन) को साझेदारीमा दलित सामाजिक बिकास केन्द्र (डिएसडिसी) ले जिल्लाको यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकामा सञ्चालन गरेको मानसिक स्वास्थ्य परियोजना अन्र्तगत सञ्चारकर्मी सँगको अन्तरक्रियामा सो बिषयको जानकारी दिईएको हो ।
कार्यक्रममा वरिष्ठ मनोविद बिनोद पौडेलले समाजमा रहेको मानसिक स्वास्थ्य समस्यामा हुने  हेय र भेदभावको सोचलाई परिर्वतन गर्न सञ्चार क्षेत्रको भुमिका अहम हुने बताए । नेपालमा नसर्ने रोग मध्यको १८ प्रतिशत समस्या मानसिक स्वास्थ्यको बिषयका कारण भएकाले यसलाई सञ्चार क्षेत्रले गम्भिरताका साथ हेर्नु पर्ने उनले बताए । मानसिक स्वास्थ्य अन्र्तगत आत्महत्याको समाचार संप्रेषण गर्दा बिशेष सावधानी अपनाउनु पर्ने, कंलक लगाउने भाषाको प्रयोग नगर्ने, समस्याको समाचार बनाउदाँ बिज्ञ, पिडित र प्रभावित भई रुपान्तरणमा भुमिका खेल्ने व्यक्तिको दृष्टिकोण समेट्ने, गलत जानकारी नफैलाउने र उपचार तथा सहयोगका बिकल्प बारे जानकारीमुलक सुचना सहितको समाचार सामाग्री प्रस्तुत गरेर सञ्चार माध्यमले भुमिका खेल्न सक्ने जनाईएको थियो ।
कार्यक्रममा मानसिक स्वास्थ्यको समस्याका कारण हुने आत्महत्या जस्तो संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीहरूले निकै जिम्मेवारीका साथ प्रस्तुत गर्न आग्रह गरिएको थियो । सञ्चार माध्यमले सही ढंगले समाचार सम्प्रेषण गर्दा आत्महत्याको दर घटाउन सहयोग पुग्ने तर  गलत रिपोर्टिङले नकारात्मक प्रभाव पर्नुका साथै आत्महत्यालाई प्रोत्साहन मिल्न सक्ने बिषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा आत्महत्याको समाचारलाई उत्तेजक वा सनसनीपूर्ण प्रस्तुति नगर्ने, विधि र साधनको उल्लेख नगर्ने, कारणलाई सरल निष्कर्षमा नपुर्याउने, सहानुभूति दिने तर जिम्मेवार शैली अपनाउने, हेल्पलाइन नम्बर र समाधानको उपाय प्रस्तुत गर्ने, प्रसिद्ध व्यक्तिहरूको आत्महत्या समाचारमा अझ बढी सतर्कता अपनाउनुका साथै अनुसन्धान गर्ने र आधिकारिक स्रोतबाट तथ्य लिएर मात्र समाचार प्रकाशन गर्न आवश्यक रहेको बताईएको थियो । आत्महत्या सामाजिक समस्या बन्दै गएकाले सञ्चार क्षेत्र संवेदनशिल बनेर निराकरणमा सहयोग पुर्याउन आवश्यक रहेको मनोविद् सफल सापकोटाले बताए । परियोजना अन्र्तगत दुई पालिकामा मानसिक स्वास्थ्य समस्या भएकालाई समुहमा जोडेर आफ्नो कुरा राख्ने बतावरण बनाईएको परियोजना संयोजक निर्मला सिंहले बताईन । परियोजनाले अन्तरक्रिया, सचेतना, मनोचिकित्सक सेवा, बिद्यालय मानसिक स्वास्थ्यको कार्यक्रम सगै स्वास्थ्यकर्मीलाई मोड्युल १ र २ को तालिम प्रदान गर्दै आएको उनले प्रष्ट्याईन ।
सञ्चार क्षेत्रको सहयोगले मानसिक स्वास्थ्यका मुद्दा उठान हुन थालेको र सचेतना कार्यक्रम प्रभावकारी बन्न थालेको युएमएन कपिलवस्तुका कलस्टर टिमलिडर रुपकुमार बिकले बताए । परियोजनाको कार्यक्रम प्रभावकारी भएकाले जिल्लाभर कार्यक्रम बिस्तारको आवश्यकता रहेको नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले बताए । उनले सञ्चार क्षेत्रले अझ संवेदनशिल भई मानसिक स्वास्थ्य बारेका सचेतनामुलक सामाग्री संप्रेषण गर्ने प्रतिबद्धता जनाए । मानसिक स्वास्थ्य समस्यालाई सरलीकृत गरि सचेतना प्रवाह गर्न सञ्चार क्षेत्रको भुमिका अहम रहने डिएसडिसीका कार्यकारी निर्देशक रामसरन रैदासको भनाई थियो ।
कार्यक्रममा संस्थाकी सहसचिव कुसुम कोरी सहित जिल्लाका १६ सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?