ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

उर्जा प्रभावकारी भवन डिजाइन सम्बन्धी कार्यदक्षता अभिवृद्धि तालिम सुरु

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

भैरहवा, ७ चैत ।

रुपन्देहीको भैरहवामा बिहीबारदेखि उर्जा प्रभावकारी भवन डिजाइनसम्बन्धि तीनदिने कार्यदक्षता अभिवृद्धि तालिम सुरु भएको छ । सोसाईटी अफ नेपलीज आर्किटेक्टस् (सोना) ले बिल्डिङ इनर्जी इफीसेन्सी इन नेपाल (बीन) परियोजनाको सहयोगमा निर्माणका क्षेत्रमा कार्यरत आर्किटेक्ट र इन्जिनियरहरुका लागि तालिम आयोजना गरेको हो ।

तालिमको शुभारम्भ कार्यक्रममा सोनाका अध्यक्ष ईश्वर जोशीले बीन परियोजनासँग सहकार्य गर्दै निर्माण क्षेत्रमा कार्यरत आर्किटेक्ट र इन्जिनियरहरुलाई लक्षित गर्दै तालिमको आयोजना गरिएको बताए ।  ‘सोनाले ऐतिहासिक सम्पदाको संरक्षण र विकासमा समेत योगदान पुर्याउँदै आएको छ, अध्यक्ष जोशीले भने–‘भौतिक संरचनाको डिजाइन गरेर सुन्दर शहर, बस्ती निर्माणमा हाम्रो विशेष भूमिका छ ।’ प्राविधिक जनशक्तिलाई लक्षित गर्दै तालिमको आयोजना गरिएको उनको भनाइ छ ।

२ सय जना प्राविधिक जनशक्तिलाई तालिम दिने उद्देश्य रहेकोमा हालसम्म १५१ जनालाई दिइसकिएको उनले जानकारी दिए । भैरहवामा सञ्चालित तालिममा ५६ जनाको सहभागीता रहेको उनले बताए । तालिममा सहभागी प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धि हुने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै बीन परियोजनाका टीम लिडर सुरेश प्रजापतिले भवन निर्माणका लागि संरचनात्मक सुरक्षामा ध्यान दिनुपर्ने बताए । ‘सुरक्षामा ध्यान दिएर भवनको डिजाइन गर्नुपर्छ, ’उनले भने ।

परियोजनाको कार्यक्षेत्र बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ६० वटा स्थानीय तह रहेको उनले जानकारी दिए । निर्माण क्षेत्रमा काम गर्ने जनशक्तिलाई क्षमता अभिवृद्धि तालिम दिदै आएको उनको भनाइ छ । तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा सदपयोग गर्न उनले प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उर्जा प्रभावकारी भवन नबनाइए स्वास्थ्यसम्बन्धी जोखिम पनि बढ्ने उनले बताए ।

सघन शहरी तथा भवन निर्माण आयोजना भैरहवा, रुपन्देहीका आयोजना प्रमुख राजु न्यौपानेले भवन निर्माण गर्दा डिजाइन र प्रयोग गरिने निर्माण सामग्रीबारे ध्यान दिनुपर्नेमा जोड दिए । उनले तालिम पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गरे ।

बीन परियोजनाका कन्सलटेन्ट इन्जिनियर विशाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमको पहिलो दिन आर्किटेक्ट उद्भास पुरी, इन्जिनियर विशाल पाण्डे र आर्किटेक्ट प्रभा पाण्डेले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?