ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

पाल्पा, ०८ चैत ।
डिभिजन वन कार्यालयले सुख्खा मौसमको सुरुवात भएसँगै वनमा लाग्ने डढेलो नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ । डढेलो नियन्त्रणका विषयमा यहाँका सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तहका जनप्रतिनिधि सहित सरोकार वाला निकायलाई डढेलो नियन्त्रण संगै वनमा डढेलो लाग्न नदिनका लागि अपनाउनु पर्ने सावधानीका विषयमा अभियान सञ्चालन गरेको हो ।

सुख्खा मौसम सुरुवात भएसंगै तराइसँग सिमाना जोडिएका पहाडी इलाकाका सामुदायिक वनहरू उच्च जोखिममा रहेकाले सामुदायिक वन समुहहरूले पहिला नै अग्नी रेखा निर्माण गर्ने जस्ता कुराहरूमा ध्यान दिनका लागि डिभिजन, सव डिभिजन, कार्यालय मार्फत जानकारी गराइएको डिभिजन प्रमुख नारायण देव भट्टराई बताउँछन् ।डढेलो लगाउने प्रचलन यदाकदा कायमै रहेको छ । वनमा ९६ प्रतिशत डढेलो मानविय कारणले नै लाग्ने गर्दछ । यस्का लागि पहिले नै सचेतना फैलाउनु पर्दछ । विशेष गरी बारीका काल्नामा रहेका भञ्ज्याङहरू पोल्दा आगो फैलिन सक्छ भन्ने विषयमा समुदायलाई आफूले पनि सचेत गराएको प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले बताए ।

समुदायलाई सचेत गराउदा गराउँदै पनि रिब्दीकोट गाउँपालिकाको वडा नम्बर १, २ को सिमानाको सामुदायिक वनमा केही दिन अगाडि डढेलो लाग्यो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आगो नियन्त्रणमा आयो । त्यसको केही दिनपछि वगनासकाली गाउँपालिकाको दर्लाम गाउँको सामुदायिक वनमा आगो लाग्यो । तानसेन नगरको दमकलको सहयोगले आगो नियन्त्रणमा आएको स्थानीय बताउँछन् । डिभिजन वन कार्यालयका वरिष्ठ वन विकास अधिकृत वेद प्रसाद भण्डारीका अनुसार यस वर्ष स्थानीय सरकारलाई बढी जिम्मेबारी वनाइएको छ । वनमा लागेको आगो नियन्त्रणमा ल्याउने जिम्मेबारी वन कार्यालयको मात्र होइन । सबैको समानरूपमा उतिकै जिम्मेबारी रहेकाले यस वर्ष बढी सचेत बनाइएको छ ।

वनमा लागेको आगो नियन्त्रणका लागि स्थानीय सरकारले यस वर्षबाट पानी ट्यांकर व्यवस्था गर्नुपर्ने, विपद व्यवस्थापन तर्फ ध्यान दिनु पर्ने तर्फ विपद व्यवस्थापन समितिको बैठकमा कडा निर्देशन दिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी बताउँछन् । यस वर्ष पानी बोक्ने ट्यांकरलाई पनि सामाजिक उत्तरदायित्य अन्तर्गत परिचालित हुनेछन् ।उनीहरूलाई न्यून सुबिधा दिएर भएपनि उपयोग गरिने विषद व्यवस्थापन समितीले जनाएको छ । गत वर्ष जिल्ला प्रहरी कार्यालयले परिचालन गर्दा आफूहरू सुबिधा बाट वन्चित भएको व्यवसायी बताउँछन् । विषेशगरी २ महिना बढि नै उच्च सतर्कता अपनाउनु पर्ने हुन्छ । आगो लागेपछि नियन्त्रणका लागि सहज छैन । भूगोल पनि मिलेको छैन । अर्को तर्फ स्थानीय निकाय विपद व्यवस्थापनका लागि जिम्मेबार छैनन् । तानसेन र रामपुर नगर संग मात्र २ वटा दमकल छन् । तानसेन नगरको दमकल गत वर्ष २४ घण्टामा २२ घण्टा सम्म कृयाशिल भएको नगरका कर्मचारीहरू बताउँछन् ।

दुई दुई वटा पालिका मिलेर दमकल ल्याउनु पर्ने हो । तर यसतर्फ स्थानीय सरकार श्रोतको समस्या देखाउँदै पन्छिने गर्दछन् । तापक्रम बढे संगै रैनादेवी गाउँपालिका, तिनाउ गाउँपालिकाको केही सामुदायिक वनमा भूइ घास पलाउने आशाले, वन्य जन्तु धपाउने, किरा नियन्त्रण गर्ने डडेलो लागेको जमिनमा वर्षादमा च्याउ उम्रिने भन्ने जस्ता मानसिकताका कारण डडेलो लगाउने गर्दछन् । वन कार्यालयका अनुसार वनमा आगो लगाउदा पशुपक्षिको बासस्थान समेत जलेर नष्ट हुने भएका कारण वन ऐन २०७३का अनुसार जानाजान वनमा आगो लगाउनेलाई ३ वर्ष कैद र ६० हजार रूपैयाँ सम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । यस पटक सरोकारवाला समूह, स्थानीय सरकार संग छलफल तथा अन्तरकृयामा समेत कानुनी विषयमा समेत प्रष्ट पारिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिलध्वोज तामाङले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?