Butwal Today

क्रान्तिका लागि तयार रहन रविको अपिल

८ चैत्र २०८१, शुक्रबार
अ+
अ-

काठमाडौ, ८ चैत ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् ।स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० लाख धरौटी खारेजीको माग गर्दै पाटन उच्च अदालत पुगेका लामिछानेले देश गम्भिर अवस्थमा रहेको जनाउँदै क्रान्तिका लागि तयार रहन अपिल गरेका हुन् ।

सञ्चारकर्मीसँग तत्काल बोल्न अस्विकार गरे पनि लामिछानेले संक्षिप्तमा यति भने,  ‘अब समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु–गेट रेडि फर द रेभुलेसन ।’उनका अनुसार आफुले अभिब्यक्ति दिन थालेमा नेपाली कांग्रेस र नेकपा एमालेका सरकारलाइ नै अप्ठयारो पर्ने दावी पनि गरेका छन् । उनले केही समय पछि नै आफ्नो बोल्ने पालो आउन लागेको पनि जानकारी दिए ।‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले संक्षिप्तमा थप भने ।