ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

चन्द्रौटा, ०८ चैत ।
नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनम शेर्पाले मदिरा व्यवसायको समस्या सरकारसँग समाधान नहुने बताएका छन् । कपिलवस्तु मदिरा व्यवसायी संघको १० औँ वार्षिक साधारणसभामा बोल्दै उनले सरकारको नीति व्यवसायीमाथि कठोर हुँदै गएको र समस्या समाधान गर्नेभन्दा उल्टो झन् कठिन परिस्थिति सिर्जना गरिरहेको आरोप लगाए ।शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शेर्पाले सरकार विभिन्न बहाना बनाएर मदिरा व्यवसायलाई निरुत्साहित गरिरहेको उल्लेख गरे । उनले मदिरा व्यवसायले सरकारलाई ठूलो मात्रामा कर तिर्ने भएकाले आर्थिक क्षेत्रमा यसको महत्वपूर्ण योगदान रहेको बताए । विदेशी तथा कर छली गरी भित्रिएका मदिरालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

देशको आर्थिक अवस्था जटिल बन्दै गएको बताउँदै अध्यक्ष शेर्पाले व्यवसायीहरू अहिले सङ्कटमा रहेको बताए । मदिरा व्यवसायलाई कानुनी संरक्षण दिएमा अर्थतन्त्रलाई टेवा पुग्ने उनले धारणा राखे । यसैबीच आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख पिम्बर न्यौपानेले प्रत्येक मदिराजन्य उत्पादनमा राजस्व कार्यालयको स्टिकर लगाउन अनिवार्य गरिएको बताए । विदेशी मदिरालाई रोक्न सरकार मात्र नभई सबै व्यवसायीहरूको साथ आवश्यक रहेको उनले उल्लेख गरे ।त्यस्तै कपिलवस्तु मदिरा व्यवसायी संघका संस्थापक तथा सल्लाहकार घनश्याम पौडेलले ग्रामीण भेगका व्यवसायीलाई पनि संघमा समेट्नुपर्ने बताए । पछिल्लो समय देशको राजनीतिक अस्थिरता तथा आर्थिक मन्दीका कारण व्यवसाय प्रभावित भएको धारणा उनले राखे । मदिरा व्यवसायीहरूले सरकारलाई कर तिरेर व्यवसाय गर्दै आएपनि नीति कठोर बन्दा उनीहरू निरुत्साहित भएको बताएका छन् । व्यवसायी सरकारले उचित नीति ल्याई स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने माग राखेका छन् । नेपाल मदिरा व्यवसायी महासंघ केन्द्रीय सल्लाहकार गिरीराज पौडेल, नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शम्भु भट्टराई, उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष ईश्वरी पाण्डे, शिवराज नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष खिमविक्रम केसी, हिमालय भुसाल, बाबुराम पाण्डे, लक्ष्मण रेग्मी, लेखनाथ घर्ती, संदेश कक्षपती, शलिकराम पाण्डे सतिश महर्जन, संघका अध्यक्ष कुलचन्द्र सिग्देल, गोविन्द पौडेल र खगेन्द्र पौडेल लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?