ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

बुटवल, ०८ चैत ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका साना वा ठूला व्यवसायीहरू जो कोही भएपनि उनीहरूलाई टिकेर व्यवसाय गर्ने वातावरण निर्माणको लागि नगरपालिका जहिले पनि तयार भएको बताएका छन् । व्यवसायीहरूको हक, हित र व्यवसायिक दिगोपनाको लागि नगरपालिकाले के कस्तो सहयोग गरेर सहकार्य गर्न सकिन्छ यसमा सदैभ पालिका तयार रहेको बताएका हुन् ।

खुद्रा किराना व्यवसायी संघ रूपन्देहीको आयोजनामा बुटवलमा आयोजना गरिएको व्यवसायी तथा उपभोक्ताको क्षमता विकास तथा अभिवृद्धि तालिमको शुभारम्भ गर्दै नगर प्रमुख पाण्डेयले कुनै पनि व्यवसायी दर्ता भएर सरकारी मापदण्ड अनुसार सञ्चालन भएको अवस्थामा व्यवसायीको पेशागत सुरक्षाको लागि नगरपालिकाले योजना बनाएर अगाडी बढ्ने समेत बताए । उनले खुद्रा किराना व्यवसायीहरूले सामूहिक रूपमा मिलेर एउटा नमुनाको रूपमा सामूहिक मार्ट स्थापना गर्न सक्ने भन्दै यसको लागि पालिकाले के कस्तो सहयोग गर्नुपर्ने हो यसमा तयार रहेको बताए ।

खुद्रा किराना व्यवसायीहरूले पटक–पटक उठाउँदै आएको विषय, पोके तथा डोके विना दर्ता भएका व्यवसायीहरूको कारण दर्तावाला व्यवसायीहरूले मर्कामा परेको गुनासो आउने गरेको भन्दै उनले केही दिन यता सडक किनाराबाट हटाइएका केही विना दर्तावाला व्यवसायीहरू देखिएको भन्दै सडक निर्माण पुरा हुनासाथ हस्पीटल लाईन लगायतका स्थानबाट कडाईका साथ हटाउने समेत बताए । बुटवलको अमरपथ, ट्राफिक चौक क्षेत्रमा सन्ध्याकालिन बजार र बुटवलको कालिका पथमा रात्रीकालिन बजारको परिकल्पना गरिएअनुसार हाईमाष्ट लाईट, सीसीटिभी क्यामेरा समेत जडानको काम अगाडि बढेको भन्दै उनले सन्ध्याकालिन बजार र रात्रीकालिन बजार स्थापनाको लागि सबैले सहकार्य गर्नुपर्ने बताएका थिए । संस्थाका अध्यक्ष महेन्द्र पोखरेलले कार्यक्रममा सहजीकरण गर्दै झोले, पोके, विना दर्ता भएका व्यवसायीहरूको कारण स्थानीय निकाय, सम्बन्धीत निकायमा दर्ता भएर नियमित रूपमा कर तिर्दै आएका व्यवसायीहरु मर्कामा परेको भन्दै यसको नियन्त्रणको लागि नगरपालिका संग माग गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका अनुगमन तथा व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुख उप निर्देशक ठगिश्वर पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्या अधिकृत श्रवण ढुंगाना, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले कार्यपत्र प्रस्तुत गर्दै उपभोक्ता अधिकारको लागि सचेत हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कार्यक्रममा खुद्रा किराना व्यवसायी संघका संस्थापक अध्यक्ष टिकाराम गैरे, पूर्व अध्यक्ष कमला गौतम, मोहन बस्याल सल्लाहकार कृष्णप्रसाद पाण्डे, महासचिव दघिराम ज्ञवाली, उपाध्यक्ष एवं कार्यक्रम संयोजक गोपाल कुमार प्रधान लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?