ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

बुटवलमा सुरु भयो मिडिया सम्मेलन

८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

बुटवल, ८ चैत ।

बुटवलमा शुक्रबारदेखि दोश्रो लुम्बिनी मिडिया सम्मेलन २०८१ सुरु भएको छ । मिडिया सम्मेलनमा सञ्चार माध्यमहरुका समस्या र चुनौती पहिल्याउँदै अवसर र सम्भावनाको खोजी गर्ने लक्ष्य राखिएको छ ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले आयोजना गरेको दुई दिने मिडिया सम्मेलनमा पछिल्लो समय मिडियाहरु समस्यामा परिरहेको बेला समस्याको पहिचान गरी समाधानको प्रयास गर्ने लक्ष्य राखिएको छ ।
मिडिया सम्मेलनको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चार ग्राम बनाउने आफ्नो धेरै पहिलेदेखिको चाहना रहेको बताउँदै आफ्नै कार्यकालमा सञ्चार ग्रामले पूर्णता पाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले बुटवललाई शिक्षा र स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै मिडिया सम्मेलनले बुटवलको सम्भावना पहिचान गर्दै विकासमा सहयोग गर्ने अपेक्षा गरे ।

उनले बुटवल धार्मिक, ऐतिहासिक तथा प्राचीन सभ्यताको सहर रहेको चर्चा गर्दैै बुटवलकै बाटो भएर लुम्बिनीदेखि मुक्तिनाथसम्म जान सकिने भएकोले यसलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न सकिने बताए ।

कार्यक्रमको बन्द सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्माले मिडियाको विश्वसनियतामाथि पछिल्लो समय प्रश्न उठिरहेकोले मिडियाहरु जनताप्रति जवाफदेही बन्दै सही र तथ्यपरक सूचना प्रवाहलाई प्राथमिकता दिन आग्रह गरिन् ।

सोही अवसरमा बोल्दै महासंघका पूर्व अध्यक्ष विपुल पोखरेलले मिडियामा शुद्धिकरण आवश्यक रहेको भन्दै आफ्नो कार्यकालबाटै अभियान सुरु गरेको बताउँदै आगामी दिनमा मिडियालाई जवाफदेही र जिम्मेवार बनाउनुपर्ने खाँचो औंल्याए ।

सम्मेलन आयोजक प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले पछिल्लो समय धेरै मिडिया बन्द हुने र पत्रकारहरु विस्थापित हुने अवस्था आएको भन्दै मिडिया क्षेत्रका समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।

दुई दिने मिडिया सम्मेलनमा छापा माध्यम, किन र कसका लागि ? भन्ने विषयमा छलफल हुने छ भने के अनलाइन पत्रकारिता सधैका लागि हो ? भन्ने विषयमा छलफल गरिने छ । त्यसैगरी किन फस्टाउन सकेन विज्ञापन बजार ? भन्ने विषयमा छलफल हुने छ ।

सम्मेलनमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारीले प्रस्तुती राख्ने कार्यक्रम रहेको संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

मिडिया सम्मेलनले सञ्चार माध्यमहरुको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने गरी ठोस कार्ययोजना बनाउन सहयोग गर्ने संघका सचिव माधव नेपालले बताउनुभयो ।
संघका उपाध्यक्ष विष्णु भुसालले सम्मेलन मिडियाको भविष्यका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?